कपिलवस्तुमा बैशाख २१ देखि ३१ गतेसम्म निषेधाज्ञा जारी हुने

ByLumbini Darpan Online

१९ बैशाख २०७८, आईतवार १०:०८ १९ बैशाख २०७८, आईतवार १०:०८ १९ बैशाख २०७८, आईतवार १०:०८

कपिलवस्तु ।
कपिलवस्तुमा आगामी मगंलबार अर्थात बैशाख २१ देखि ३१ गतेसम्म निषेधाज्ञा जारी हुने भएको छ । आज जिल्ला स्तरीय कोरोना नियन्त्रण समितिको बैठकले उक्त निणर्य गरेको हो । बिहान लकडाउनबारे निर्णय लिन प्रशासनले बैठक आह्वान गरेको थियो ।

यसैबिच प्रशासनले अत्यावश्यक वस्तु किनमेलका लागि बिहान ९ बजेदेखि दिउसो १ बजेसम्म पसलहरुभने खुला रहने जनाएको छ । कपिलवस्तुका छिमेकी जिल्लामा लकडाउन जारी भैसकेको छ । लुम्बिनी प्रदेशका रुपन्देही, पाल्पा, गुल्मी, दाङ, प्युठान, बाँके र बर्दियामा लकडाउन जारी भैसकेको छ । कपिलवस्तुमा कोरोना भाइरसका सक्रिय संक्रमित ४ सय २९ पुगेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *