लुदअ कपिलवस्तु, बैशाख २९
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ११ ले वैदेशिक रोजगार गुमाई फर्केका युवाहरु, कृषि समुह, पशु पालक समुह तथा कोभिड १९ विशेष सहयोग (आई क्यान) कार्यक्रम मार्फत वडावासीहरुलाई विभिन्न सामग्रीहरु प्रदान गरेको छ । बैदेशिक रोजगार गुमाएर स्वदेश फर्किएका युवाहरुलाई व्यवसायीक पशुपालन तथा कृषि तर्फ रुपान्तरण गरी स्वरोजगार बनाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष सोमनाथ अर्यालले बताए ।

आर्थिक बर्ष २०७७/७८ को लक्षित वर्ग कार्यक्रम अन्तर्गत विनियोजित ३ लाख ५० हजार बजेटबाट १६ जना कृषक तथा पशुपालकहरुलाई कृषि विउ, पशुहरुका औषधीहरु हस्तान्त्रण गरिएको वडाकार्यालयले जनाएको छ । भौतिक रुपले मात्र वडा संमृद्ध नहुने भन्दै वडाका हरेक नागरिकहरुलाई प्रत्यक्ष रुपमा लक्षित वर्गका कार्यक्रम मार्फत समावेश गर्दै लैजाने बताए ।
उपभोक्ता समितिका अध्यक्ष धुर्व चन्द्र थारुको अध्यक्षता, वडाध्यक्ष सोमनाथ अर्यालको प्रमुख आतिथ्यता, वडा सदस्य, वडावासीको उपस्थिती रहेको कार्यक्रम वडा सचिव राम प्रसाद सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।



















