कपिलवस्तुमा प्रहरीलाई मास्क र सेनिटाईजर

ByLumbini Darpan Online

२० बैशाख २०७८, सोमबार १२:५९ २० बैशाख २०७८, सोमबार १२:५९ २० बैशाख २०७८, सोमबार १२:५९

 

कपिलवस्तु, २० बैशाख

जिल्ला प्रशासन कार्यालयले बैशाख २१ गते देखी बैशाख मसान्त सम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा कार्यान्वयनको लागि कार्यक्षेत्रमा प्रहरीको टोली खटाईएको छ । जिल्लाको बुद्धभुमी नगरपालिकाको कार्य क्षेत्रमा खटिएका नेपाल प्रहरीका सुरक्षाकर्मीलाई नेपाल बिद्यार्थी संघको टोलीले स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको छ । ईलाका प्रहरी कार्यालय गोरुसिंङ्गेका प्रहरी निरिक्षक लिलाराम आचार्यलाई नेपाल बिद्यार्थी संघका बुद्धभुमी नगरपालिकाका नगर सभापति अच्युत अर्याल नेतृत्वको टोलीले मास्क सेनिटाईजर लगायतका सामाग्री हस्तान्तरण गरेको हो । कार्य क्षेत्रमा खटिएका सुरक्षाकर्मीको मनोबल थप उच्च बनोस भन्ने उद्धेश्य सहित मासक सेनिटाईजर लगायतको स्वास्थ्य सुरक्षा सामाग्री बितरण गरिएको नगर अध्यक्ष अर्यालले बताए । कोरोना माहामारीको दोस्रो लहरमा समेत ज्यानको बाजी थापेर कार्य क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई केहि मास्क सेनिटाईजर लगायतका स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तर गर्दा समेत सामाजिक उत्तरदायित्व बहन गरेको अनुभुती भएको उनले बताए । मास्क, सेनिटाईजर बितरणमा नगर अध्यक्ष अर्याल सहित युवा नेता शुसिल बस्नेत, संदिप पौडेल लगायत सहभागी थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *