तुलसी राम पौडेल
मायादेवी ,बैशाख २०
रुपन्देहीको मायादेवी गाउँपालिकामा कोभिड १९ संक्रमितहरुको उपचार स्वास्थ्यकर्मीहरु होम आइशोलेशनमा पुगेरै गरिरहेका छन । यस किसिमको उपचार सेवामा आयुर्वेद सेवालाई समेत थप गरि उपचार टोलीमा कविराज अधिकृतसहित स्वास्थ्यबाट सिअहेव अधिकृत हेल्थ असिष्टेन्ट अहेव लगायत ४ जनालाई खटाईएको जानकारी कविराज अधिकृत ध्रुवराज भण्डारीले बताउनुभयो । आधुनिक चिकित्साले आयुर्वेद चिकित्सालाई समेत समेटदै स्वास्थ्यकर्मीहरु बिरामीहरुको घरमै पुगी बिरामीहरुलाई संक्रमणको अवस्था सोध्नुका साथै उनीहरुको समस्याअनुसारको उपयुक्त विभिन्न औषधीहरुका साथै रोगप्रतिरोधि आयुर्वेद औषधीहरु वितरण गर्दा संक्रमितहरुको मनोबल उच्च हुनुका साथै थप हौसला समेत मिलेको भण्डारीले बताउनु भयो ।





















