गुल्मीको कोरोना परीक्षण प्रयोगशाला रकम अभावले बन्द ।।

[sharethis-inline-buttons]

कोरोना सङ्क्रमणको दर बढ्दै गएको छ ,तर गुल्मीको कोरोना परीक्षण प्रयोगशाला भने रकम अभावका कारण बन्द भएको छ । प्रयोगशाला बन्द भएसँगै कोरोना परीक्षणका लागि बुटबल पठाउनुपर्ने बाध्यता भएको छ । गत बर्ष कोरोनाले महामारीको रुप लिन थालेपछि जिल्लाका स्थानीय तहहरुको सहयोगमा जिल्लामै स्वाव परीक्षण गर्ने उदेश्यले असोज १ गते कोरोना परीक्षण प्रयोगशाला स्थापना गरिएको थियो । प्रयोगशाला पाँच महिनासम्म संचालनमा पनि आयो । तर प्रयोगशालामा काम गर्दै आएका चार जनाले कोभिड भत्ता र १० जनाले तलब–भत्ता समेत नपाएको प्रयोगशाला बन्द भएको ल्याब टेक्नोलोजिस्ट केपी भण्डारीले बताउनुभयो । ल्याब संचालनका लागि प्रत्येक नगरपालिकाले १५÷१५ लाख र गाउँपालिकाले १०÷१० लाख गरी १ करोड ३० लाख रकम जम्मा गर्ने र यसैबाट प्रयोगशाला चलाउने भनिएको थियो । तर केही स्थानीय तहले रकम दिएनन् भने अझै पनि गुल्मीदरबार, सत्यवती र मुसिकोटले पाँच÷पाचँ लाख रकम दिन बाँकी छ । जसका कारण प्रयोगशाला बन्द गर्नुपर्ने स्थिति आएको नगरप्रमुख डिल्लिराज भुसालले बताउनुभयो ।


प्रकाशित : २०७८ बैशाख २२, बुधबार १२:३०