
लुदस, कपिलवस्तु ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्व.मूल्याङ्कन घोषणा गर्ने जिल्लाको पहिलो, लुम्बिनी प्रदेशको चौथो तथा देशभरको ११ औं स्थानको स्थानीय तह बनेको छ । उक्त स्व.मूल्याङ्कन कार्यविधिले तोकेका विभिन्न १० विषय क्षेत्र पुरा गरेर सम्बन्धित ठाउँमा पेश गरिएको नगरपालिकाले विज्ञप्ति मार्फत जनाएको छ ।
नगरपालिकाबाट सम्पादन गरिने कामकारबाहीलाई व्यवस्थित, योजनाबद्ध, प्रभावकारीरुपमा जनताले अनुभूति गर्ने गरी सम्पादन गर्ने अवस्थाको सृजना गर्नेरगराउने प्रयोजनका लागि स्व.मूल्याङ्कन गर्ने गरिन्छ ।
कार्यविधिले विज्ञको रोहबरमा स्व.मूल्याङ्कन गर्ने परिपाटीको व्यवस्था गरेको छ । स्व.मूल्याङ्कनबाट प्राप्त नतिजाले नगरपालिकाको अवस्था सन्तोषप्रदक रहेको तर सुधार गर्नु पर्ने पक्षहरु पनी देखिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले बताएका छन् । ।
आव ०७६।०७७ मा नगरपालिकाबाट सम्पादित कार्यहरुबाट नगरपालिकाले विभिन्न अंक प्राप्त गरेको पनि प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिएका छन् ।
जसमध्ये सबैभन्दा राम्रो अंक शासकीय प्रबन्धमा प्राप्त गरेको छ । ९ अंक भारको यो क्षेत्रमा नगरपालिकाले ७ अंक पाएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए । १० शिर्षकका क्षेत्रमा १ सय अंक भार रहेको स्व मूल्याङ्कनमा बार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तिय एवम् आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरणमा राम्रो प्रगति देखिएको छ ।

