ताजा अपडेट

प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा

कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

कोरोना खोप अभियानमा सरकारको गम्भीर लापरबाही: ५६ हजार बढी खोप खेर गयो

Lumbini Darpan 2 २०७८ फाल्गुन ४, बुधबार ०७:५३
[sharethis-inline-buttons]

लुदअ, काठमाडौं
कोरोना विरुद्धको खोप अभियानका क्रममा गम्भीर लापरबाही भएको भेटिएको छ । २४ लाख खोप ‘हराएको’ विषयमा छानबिन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको छानबिन समितिले नै खोप अभियानका क्रममा भएका सरकारी लापरबाही उजागर गरेको छ ।

स्वास्थ्य सचिव डा। रोशन पोखरेल स्वयंले २४ लाख बढी खोपको तथ्यांक नभेटिएको बताएपछि खोप हराएको चर्चा सुरु भएको थियो । विपक्षी दल नेकपा एमालेले यसलाई मुद्दाकै रुपमा उठाएपछि मन्त्रालयले छानबिन समिति बनाएको थियो ।

सोमबार मन्त्री विरोध खतिवडालाई बुझाइएको प्रतिवेदनमा खोप नहराएको दाबी मात्र गरिएको छैन, नेपालमा आएको भन्दा बढी खोप देखिएको दाबी गरेको छ ।

म्याद गुज्रिएर खेर गयो खोप

कमजोर व्यवस्थापनका कारण ५६ हजारभन्दा बढी खोप म्याद गुज्रिएर खेर गएको समितिको ठहर छ । मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनी नेतृत्वको छानबिन समितिको प्रतिवेदनमा भनिएको छ, ‘२१ माघसम्म जिल्ला तथा पालिकाबाट आएको तथ्यांकलाई हेर्दा म्याद ग्रुजी वा अन्य कुनै कारणवश क्षति भई ५६ हजार ९०८ प्रयोग गर्न मिल्ने अवस्थामा रहेको पाइएको छ ।’

स्वास्थ्य मन्त्रालयका एक अधिकारी अनुगमनको अभावका कारणले खोप खेर गएको बताउँछन् । ‘सरकारले खोप तल्लो निकायमा पठायो । तर कहाँ कति लगाइयो, कति बाँकी छ भन्ने अनुगमन गर्न सकेन,’ ती अधिकारी भन्छन्, ‘योजना बनाएर अनुगमन नगर्दा म्याद सकिएर लगाउन नमिल्ने अवस्थामा पुगेको देखिन्छ ।’

प्रतिवेदनका अनुसार कोभिशिल्ड र एस्ट्राजेनेकाको १९ हजार ४९, भेरोसेल तथा सिनोफार्मको ७ हजार २३, जोनसन एण्ड जोनसनको ५ हजार १९५, मोडर्ना २५ हजार ५६२, फाइजर बायोएनटेकको ६९ मात्रा खोप प्रयोग गर्न नमिल्ने देखिएको छ । यसमध्ये मोडर्ना तथा फाइजर खोप खरीद गरिएको हो भने अरु अनुदानमा आएको हो । ‘सरकारी पैसा हालेर किनेको खोपलाई पनि उचित व्यवस्थापन गर्न नसक्ने ठूलो लापरबाही हो,’ ती अधिकारी भन्छन् ।

उक्त प्रतिवेदन अनुसार प्रयोग गर्न नमिल्ने खोप मौज्दातको विवरण ४९६ पालिकाको मात्रै समावेश भएको छ । बाँकी २६० पालिकाको अझै तथ्यांक आइपुगेको छैन । यसले यो यो संख्या बढ्ने देखिन्छ । प्रतिवेदनमा भनिएको छ, ‘प्रयोग गर्न नमिल्ने खोप मौज्दातको विवरण केन्द्र, ७ प्रदेश, ७७ जिल्ला र ४९६ पालिकाबाट प्राप्त भएको छ । उक्त विवरण हेर्दा केही जिल्ला र पालिकामा अस्वभाविक रुपमा बढी देखिन्छ । प्रयोग गर्न नमिल्ने खोप मौज्दात समेत खोप भण्डारणमा रहेको खोप मौज्दातमा समावेश गरिएको छ ।’

ल्याएको भन्दा बढी खोप भेटियो

२०७८ माघ २१ गतेसम्मको तथ्यांक अनुसार खरीद र अनुदान गरी ४ करोड ५७ लाख ८ हजार ६४० मात्रा खोप नेपालमा आएको छ । यसमध्ये ३ करोड ३८ लाख २६ हजार ३३० खोप लगाइएको छ भने १ करोड २३ लाख ३७ हजार ६६५ मौज्दात छ ।

अर्थात नेपालमा आएको भन्दै ४ लाख ५५ हजार ३३५ मात्रा खोप बढी देखियो । विभिन्न स्थानमा गरिएको स्थलगत अवलोकन र सन्दर्भ सामग्रीको अध्ययन गर्दा १० मात्राको भायलबाट ११ जनालाई लगाएको कारण खोप बढी देखिएको हुनसक्ने समितिको अनुमान छ । भेरोसेल वा कोभिशिल्ड खोपको भाइलमा तोकिएभन्दा एकाध मात्रा बढी आएको समेत पाइएको उनीहरुको दाबी छ ।

यही कारण ४ लाख ५५ हजार ३३५ बढी खोप देखियो भन्ने दाबी पनि समितिले गर्न सकेको छैन । ‘जति हामीले प्राप्त गरेको त्यो भन्दा बढी खोप भएको देखिन्छ । खोप लगाउने स्वास्थ्यकर्मीलाई सोध्दा १० मात्रा आउने भनिएको कोभिसिल्डमा ११ मात्रासम्म पुग्ने गरेको जवाफ पाइयो,’ छानबिन समितिका सदस्य डा। गुणनिधि शर्मा भन्छन् ।

तर आफ्नो प्रतिवेदन पूर्ण नभएको भन्दै छानबिन समितिले थप अनुसन्धानमा जोड दिएको छ । डा. शर्मा भन्छन्, ‘उपलब्ध समयमा जे पायौं, त्यही प्रतिवेदनमा उल्लेख गरेका छौं । विभिन्न पक्षमा विस्तृत अध्ययन, अनुसन्धान तथा विश्लेषण गनुपर्ने देखिएको छ ।’

पैसा लिई खोप लगाएको गुनासो समेत पाइएको भन्दै छानबिन समितिले खोप अभियान सञ्चालनका क्रममा लापरबाही गर्ने निकायबारे सत्य तथ्य छानबिन गरी कारबाही सिफारिस गर्न अधिकार सम्पन्न समिति गठन गर्न सुझाव दिएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र स्वास्थ्य कार्यालयहरुले खोपको प्राप्ति र निकासको अनिवार्य अभिलेख राख्न पनि सुझाव दिएको छ ।

तीन तहको सरकारबीच प्रभावकारी समन्वयको अभाव भएको भन्दै समितिले संघीय प्रणालीमा स्वास्थ्य क्षेत्रको संरचनालाई पुनरावलोकन गर्नुपर्ने सुझाव दिएको छ । महामारीको गाम्भीर्यलाई दृष्टिगत गरी तीव्र र व्यवस्थित रुपमा रुपमा खोप अभियान संञ्चालन गर्न नसकेको प्रतिवेदनले औंल्याएको छ ।


प्रकाशित : २०७८ फाल्गुन ४, बुधबार ०७:५३

Lumbini Darpan 2

लेखकबाट थप

  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
प्रतिक्रिया

यो पनि पढौँ

प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

घरायसी विवादमा श्रीमतीको हत्या, ८ वर्षीय छोरा घाइते

एमालेको दुई दिने सदस्यता नवीकरण तथा विस्तार कार्यशाला आज बाट सुरु

भर्खरै

  • प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा

  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष

  • जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

  • जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

  • प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

  • मन सफा छ, व्यवहार सरल छ

  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

  • बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

  • करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech