ताजा अपडेट

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बेनामे प्रदेशमा ३ मुख्यमन्त्री, २९ मन्त्री

Lumbini Darpan 2 २०७८ फाल्गुन ४, बुधबार ०८:०४
[sharethis-inline-buttons]

लुदअ ४ फागुन, विराटनगर
प्रदेश १ सरकार स्थापना भएको चार वर्ष पूरा भएको छ । यो अवधीमा तीन जना मुख्यमन्त्री बनेका छन् ।

तत्कालीन नेकपा एमाले संसदीय दलका नेता शेरधन राईले २०७४ साल फागुन ३ गते पदभार ग्रहण गरेका थिए । दुई तिहाइ बहुमतसहित तीन वर्ष सरकारको नेतृत्व गरेका राईले गत भदौं १० गते राजीनामा दिएपछि एमाले नेता भीम आचार्य मुख्यमन्त्री बने ।

मुस्किलले दुई महिना सरकार चलाएका आचार्यले कात्तिक १५ गते राजीनामा दिए । आचार्यको राजीनामापछि पाँच दलीय गठबन्धनको तर्फबाट कात्तिक १६ गते एकीकृत समाजवादीका नेता राजेन्द्र राई मुख्यमन्त्री छन् ।

चार वर्षको अवधिमा फेरिएका तीन मुख्यमन्त्रीले तत्कालीन नेकपा एमालेबाट चुनाव जितेका थिए । माओवादी केन्द्र र एमालेको एकतापछि बनेको नेकपा हुँदै एमाले विभाजन हुँदा नेकपा एससंसदीय दलका नेता राजेन्द्र राई पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेका छन् ।

प्रदेशको पहिलो मुख्यमन्त्री राईले तीन वर्षसम्म सार्वजनिक रुपमा दिवस मनाए । चौथो वर्षमा भने प्रदेश सरकारले औपचारिक कार्यक्रम गरेन । सार्वजनिक कार्यक्रम नगरे पनि स्थापना दिवसको अवसरमा छलफल गरेको प्रदेश १ का यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्र घिमिरेले बताए ।

तीन मुख्यमन्त्री, २९ मन्त्री

पाँच वर्षे आयु रहेको प्रदेश संसदको चौथो वर्षसम्म प्रदेश १ ले तीन जना मुख्यमन्त्री र २९ जना मन्त्री पाएको छ । मुख्यमन्त्रीसहित १३ मन्त्री र एक राज्यमन्त्री वर्तमान सरकारमा छन् ।

यसअघिको सरकारमा एमालेबाट दुई जना जना मुख्यमन्त्री र १६ जना मन्त्री बनेका थिए । पहिलो सरकारमा माओवादी केन्द्रबाट दुई जना सहभागी थिए । वर्तमान सरकारमा माओवादी केन्द्रबाट तीन जना सहभागी छन् ।

चार वर्षमा एमाले नेतृत्वको दुईवटा सरकार गठन हुँदा एमाले सांसद जीवन घिमिरे, हिक्मत कार्की, जगदिश कुशियत,रामबहादुर राना,तुलसी न्यौपाने, अम्बीरबाबु गुरुङ, उषाकला राई, बलबहादुर साम्सोहाङ, लछुमन तिवारी, हिराकुमार थापा मन्त्री बने । लिलाबल्लभ अधिकारी, ज्ञानेश्वर राजवंशी, कला घले, राजकुमार ओझा, जसमाया गजमेर राज्यमन्त्री बनेका थिए ।

एमाले कोटामा गैर सांसद टङ्क आङ्बुहाङ पनि मन्त्री बने । तत्कालीन माओवादी केन्द्रका नेता आङ्बुहाङले एमाले प्रवेश गर्दै मन्त्री बनेपछि माओवादीले उनलाई पदमुक्त गरेको थियो । पदमुक्त गरेपछि उनी गैरसांसदको रुपमा मन्त्री बनेका थिए ।

माओवादी केन्द्रबाट इन्द्रबहादुर आङ्बो, रामकुमार राई, झलकबहादुर मगर वर्तमान सरकारमा मन्त्री छन् । आङ्बो शेरधन राईको कार्यकालमा पनि मन्त्री थिए । राई नेतृत्वको सरकारमा विजय विश्वास पनि माओवादीबाट सरकारमा सहभागी बनेका थिए ।

नेकपा एसबाट मुख्यमन्त्री राजेन्द्रकुमार राईसहित राजन राई, खिनु लङ्वा लिम्बु र उपेन्द्र घिमिरे मन्त्री छन् । नेपाली कांग्रेसबाट केदार कार्की, हिमाल कार्की, प्रकाशप्रताप हाङ्गाम रओमप्रकाश सरावगी मन्त्री छन् ।

दलहरूले सत्ता स्वार्थका लागि सरकार ढाल्ने रबनाउने काम गरिरहँदा आलोचना भइरहेको छ । नागरिक समाजका अगुवा दिनेश श्रेष्ठ चार वर्षमा बनेका तीन वटै सरकार पूर्ण रुपमा असफल भएको बताउछन् । सरकार जोगाउन राजनीतिक मूल्य मान्यताभन्दा बाहिर रहेर अनैतिक कामगरेको बताउँदै उनले तीन वटै सरकार असफल भएको बताएका हुन् ।

‘विगतदेखि वर्तमानसम्म सरकार असफल रहे, भ्रष्टाचारमा लिप्त भए’ उनले भने, ‘सत्ता जोगाउन नेताहरू अनैतिक खेलमा लिप्त भए, अर्थपूर्ण योजना सञ्चालन गर्न सकेनन् ।’

प्रदेश १ का पहिलो मुख्यमन्त्री शेरधन राई पछिल्लो कार्यशैलीले प्रदेश सरकारप्रति जनतामा नैरास्यता पैदा गरेको बताउँछन् । आफूले छरितो मन्त्रिमण्डल निर्माण गरी काम गरेको बताउँदै उनले मन्त्रालय विभाजन गर्दा अतिरिक्त आर्थिक भार थपिएको बताए ।

तीन वर्षमा १३२ उपलब्ध, एक वर्ष अलमलमा

२०७७ फागुन ३ गते तत्कालीन मुख्यमन्त्री शेरधन राईले सार्वजनिक कार्यक्रम गर्दै तीन वर्षको काम समेटिएको हाते पुस्तिका सार्वजनिक गरे । सरकारको कार्यक्रमलाई तत्कालिन नेकपाको प्रचण्ड(माधव समूहले बहिस्कार गर्‍यो ।

२०७७ पुस ५ यता विकसित भएका राजनीतिक घटनाक्रमले गर्दा एक वर्ष काम नभएको माओवादी केन्द्रका एक सांसदले बताए ।

पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरे नयाँ संरचना र नयाँ अभ्यास गर्दा चार वर्षमा उपलब्धि राम्रो भएको बताउँछन् । ‘संघीय र स्थानीय तहको संरचना पुरानै थियो’ उनी भन्छन्, ‘प्रदेशको संरचना र अभ्यास नयाँ हो, नयाँ अभ्यासमा राम्रा काम भएका छन् ।’

पछिल्लो समय भने नैरास्यता बढाएको उनको तर्क छ । ‘राजनीतिक स्थिरता हुँदासम्म कामले गति लिएको थियो’ उनले भने,’ अस्थिरता सुरु भएपछि त्यसको असर प्रदेश संरचनामा पर्‍यो ।’

गत वर्ष शेधन राईले सार्वजनिक गरेको पुस्तिकामा महत्वपूर्ण १३२ उपलब्धि हासिल गरेको उल्लेख थियो । जसमा ४९वटा ऐन,२४ वटा नियमावली, १० वटा निर्देशिका, २८ वटा कार्यविधि बनेको उल्लेख छ ।

‘प्रदेश सरकार स्थापना भएको चार वर्ष भयो, यो अवधिमा जनताले अनुभूति गर्ने गरी विकासको कम भएको छ’ प्रदेशका पहिलो मुख्यमन्त्री राई भन्छन्,’ म सन्तुष्ट नै छु, तर पछिल्लो समय देखिएको राजनीतिक घटनाक्रमले नैरास्यता पैदा गरेको छ ।’

शून्यबाट सुरु भएको प्रदेश १ ले विकास निर्माणमा उल्लेख्य प्रगति गरेको उनको तर्क छ । ‘गाउँ(गाउँमा सडक पुल निर्माण भएका छन्’ उनले भने, ‘धेरै सकारात्मक उपलब्धिहरू भएका छन् ।’

आफ्नो कार्यकालमा प्रदेशको नामांकन हुन नसकेको बताउँदै उनले शून्यबाट सुरु भएको प्रदेशले छोटो समयमा सकारात्मक काम गरेको बताए ।

 


प्रकाशित : २०७८ फाल्गुन ४, बुधबार ०८:०४

Lumbini Darpan 2

लेखकबाट थप

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान
  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत
  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
प्रतिक्रिया

यो पनि पढौँ

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह

बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

विदेशमा १४ वर्ष पसिना, घर फर्किएपछि आफ्नै माटोमा ‘दियालो’ बाल्दै कमल

भोटेकोशी बाढीको पीडा गीतमा : दिनेश रञ्जनको ‘रसुवाको घटना’ सार्वजनिक

थकाली खानाको स्वाद अब जितपुरमै, खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भर्खरै

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech