लुदअ फागुन १८, दाङ
दाङमा मोटरसाइकलको ठक्करले ठक्कर दिँदा घोराहीका एक युवकको ज्यान गएको छ । दुर्घटनामा घोराही उपमहानगरपालिका १५ का १८ वर्षीय अजय चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घोराही उपमहानगरपालिका १७ कर्जाहीमा आज बुधवार अटो चढ्ने क्रममा मोटरसाइकलले ठक्कर दिँदा चौधरी गम्भीर घाइते हुनुभएको थियो । उहाँलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
ठक्करपछि शङ्कास्पद मोटरसाइकल, अटो र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





















