लुदअ, कपिलवस्तु
कपिलवस्तुको बाणगंगामा आमाले आफ्नै छोरिको हत्या गरेको आशंका गरिएको छ । बाणगंगा नगरपालिका वडा नं.१ उत्तमनगर निवासी ३१ बर्षिया सिता नेपालीले आफ्नै १२ बर्षीया छोरिको हत्या गरेको आशंका गरिएको हो । छोरीको हत्यापछि शव लुकाउन हिडेंकी आमा नेपालीलाई गोप्य सुचनाको आधारमा शसस्त्र प्रहरी बेस क्याम्प पिपरा अगाडि प्रकाउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आमा नेपालीले चिप्लिएर लडेर छोरीको मृत्यु भएकोले आफुले हत्या नगरेको बताएकी छन् ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले घटना शंकास्पद देखिएकाले पोस्टमार्टम रिपोर्ट आए पछि मात्र सत्य तथ्य थाहा हुने भएकाले तत्काल हत्या नै हो भनेर किटान गर्न नसकिने बताए ।
ईलाका प्रहरी कार्यालयको टोलीले घट्नाबारे थप निरिक्षण तथा अनुसन्धान गरिरहेको छ ।





















