लुदअ, कपिलवस्तु
कपिलवस्तुको शुद्धोधन गाउँपालिका वड नं. ३, लबनी को सामुदायिक सिकाई केन्द्रको भवन मा राष्ट्रिय हात्ती पाइले रोग बिरुद्ध को आम ओेैषधी सेवन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कालिका स्वावलम्बन समाजिक केन्द्रको आयोजना, फेयर मेडको सहयोग तथा शुद्धोधन गाउँपालिकाको समन्वय र सहकार्यमा सम्पन्न भएको हो।
हात्ती पाइले रोग परिचय फाइदा समस्या खाने विधि तरिका अवस्था ध्यान दिनु पर्ने तरिकाको साथै हात्ती पाइले रोग बाट बच्ना को लागि ब्यक्ति आफू र आफ्नो परिवार समुदाय मा खोप लाई कभरेज गर्ने समुदाय मा भएको व्यक्ति लाई खोप पूर्ण रुपमा खुवाउने कभरेज मात्रा बढाउने सम्बन्धि छलफल भएको थियो।
खोप कभरेज बढाउन कार्यक्रमा सहभागी रहेको प्रत्येक व्यक्ति लाई खोप आफु खानुको साथै खोप अरु व्यक्ति लाई पनि खुवाउनु प्रतिबद्धता को साथ कार्यक्रम भएको हो ।
कार्यक्रम गाउँ पालिका अध्यक्ष निसार अहमद खानको अध्यक्षता, प्रमुख अतिथि उपाध्यक्ष सुधा देबी पाण्डे ,विशिष्ट अतिथि पालिकाको वडा अध्यक्ष ,जिल्ला स्वास्थ्य कार्यालय प्रमुख हेमराज पाण्डे, फेर मेड को संयोजक सशीलाल कर्ण,गाउँ पालिका स्वास्थ्य शाखा प्रमुख असफाक अहमद खान, कालिका स्वावलम्बन समाजिक केन्द्रको उपाध्यक्ष रामेन्द्र सिंह रावल , शिवरत्न चमार ,रामु यादव,धर्मगुरु, मौलाना, पण्डित, शिक्षक र कार्यपालिका सदस्य हरु लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो।



















