लुदअ २ चैत्र, काठमाडौं
हाल बंगलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ।
आज (बुधबार) देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । अन्य भू–भागमा भने मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बुधबार दिउँसो भने प्रदेश१, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुनेछ । अन्य भू(भागमा भने मौसम सामान्यतया सफा हुनेछ।
त्यस्तै, प्रदेश(१, बागमती प्रदेश, गण्डकी प्रदेशका तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानमा अपरान्हतिर मेघगर्जन(चटयाङ्गसहित हल्का वर्षाको समेत सम्भावना हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार राती भने देशका पहाडी भू(भागमा भने आंशिक बदली हुनेछ ।
बाँकी भू(भागमा भने मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको छ।




















