लुदअ गुल्मी, चैत्र १०
बुधबार खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका युवाको शव फेला परेको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका–५ का २३ वर्षीय किरण गिरी बडीगाड खोलामा पौडी खेल्दा डुबेर बेपत्ता भएका गिरीको शव बिहीबार दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । गिरीको शव छत्रकोट गाउँपालिका–५ को उल्लीखोला पुलदेखि करिब ५० मिटर पूर्वतर्फ बालुवामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधव खरालले जानकारी दिए ।
गिरीको शवलाई घटनास्थलको मुचुल्का तयारपछि जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।




















