लुदअ १० चैत, नेपालगञ्ज
नेपालगञ्जमा प्लाष्टिकले बेरेको अवस्थामा शव फेला परेको छ । नेपालगञ्ज उपमहानगरपालिका– २०, राँझा विमानस्थल परिसरको पूर्वी कम्पाउण्ड बाहिर सुर्खेत घर भएका बालकृष्ण वलीको शव फेला परेको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।
३० वर्षीय वलीको शव प्लाष्टिकले बेरेको अवस्थामा फेला परेको हो । प्रहरीका अनुसार मृतकको शरीरमा कुनै चोटपटक देखिएको छैन । घटनाबारे थप अनुसन्धान भइरहेकै प्रहरीले बताए ।




















