बाबुराम रायमाझी भलवाड, चैत ११
बाणगंगा ९ जिनुवा निवासी हाल यु के मा रहनु भएका कृष्ण बहादुर थापाबाट निजका स्वर्गीय बुबा गिरमानसिंह थापा र तिल कुमारी थापाको स्मृतिमा शुध्दोदन जनजीवन मा.बि. मा अध्ययनरत अनुशासित, गरिब, जेहेन्दार, दलित र जनजाति गरि १० जना बिद्यार्थीलाई रु १० हजारका दरले स्वर्गीय बुबा गिरमानसिंह थापा र तिल कुमारी थापाको स्मृति अक्षय कोष समितिका अध्यक्ष ठमनसिंह थापा वडाध्यक्ष धुर्ब बेल्बासे १ लाख बराबरको छात्रवृत्ति प्रदान गर्नु भएको थियो ।
सो छात्रवृत्ति बिगत ३ बर्षदेखि निरन्तर रूपमा प्रदान गरिदै आएको अक्षय कोष समितिका सदस्य जंजिर प्रसाद चौधरीले बताउनु भएको थियोे । कार्यक्रममा बिधालय ब्यबस्थापन समितिका पुर्ब संस्थापक अध्यक्ष हरिराज घिमिरे,जसपाका केन्द्रिय सदस्य नारायण खनाल, शुद्धोदन मा बि का प्र.अ. अनिता कंडेल, वडाध्यक्ष धुर्ब बेल्बासे लगायतले थापा परिवारले बिधालय शिक्षामा छरेको ज्योतिले बिधालयलाई थप टेवा पुग्नुको साथै छात्रवृत्तिले विद्यार्थीलाई शिक्षा आर्जनका साथै भबिस्यको लक्ष्य निर्धारणमा सहयोग पुग्ने बताए ।
विभिन्न राजनीति दलका प्रमुखहरु, शिक्षक, समाजसेबि, अभिभावक,विद्यार्थीहरुको सहभागिता रहेको सो कार्यक्रम बिधालयकि शिक्षिका रामप्यारी पौडेलको सहजीकरणमा सम्पन्न भएको थियोे ।




















