लुदअ चैत १७, डोटी
डोटीमा माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर आज बिहीवार एक किशोरको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा केआईसिंह गाउँपालिका ४ कारीगाउँका १३ वर्षीय दिनेश विक रहेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक ९इन्स्पेक्टर० कान्तिराज जोशीले जानकारी दिनुभयो ।
आज बिहान घर पोत्नका लागि माटो लिन गएका उनी माटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर घाइते भएका थिए । उनको उद्धार गरी नजिकैको अस्पतालमा उपचारका लगिएकोमा उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।




















