ताजा अपडेट

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलवस्तुका २ लाख बढी बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने

Lumbini Darpan 2 २०७८ चैत्र २०, आईतवार ०७:५८
[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
कपिलवस्तुमा टाइफाइड रोग विरुद्ध यही चैत २२ गतेदेखि खोप अभियान सञ्चालन हुने भएको छ । १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकाहरुको लागि खोप अभियान सञ्चालन हुने भएको हो । सो खोप अभियानका लागी एक लाख ५० हजार डोज खोप शुक्रबार नै आईसकेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले जानकारी दिए । आफुहरुलाई एक लाख ८४ हजार बालबालिकालाई खोप लक्ष्य दिएको भएता पनि २ लाख बढी बालबालिकालाई खोप लगाउने तयारी रहेको प्रमुख पाण्डेको भनाई छ । उनका अनुसार जिल्लामा खोप लगाउने बालबालिकाको संख्या यकिन गर्दा २ लाख बढी देखिएकाले सो संख्यामा खोप लगाउन तयारी भएको हो । बालबालिका लक्षित खोप अभियान भएका कारण अधिकांश खोप केन्द्रहरु विद्यालयमा सञ्चालन गरिने छ भने अपाई पर्ने तथा अन्यत्र खोप केन्द्र भएका ठाउँमा सोही अनुसार खोप अभियान सञ्चालन गरिने उनले बताए ।

यसैबीच रुपन्देहीमा चैत २२ गतेदेखि २७ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले जानकारी दिए । जिल्लामा २ लाख ६६ हजार ५१८ बालबालिकाहरु रहेका छन् । उनीहरुका लागि ९६६ खोपकेन्द्रबाट अभियान सञ्चालन गरिने भएको हो । उक्त अभियान सञ्चालनका लागि १ हजार ३३३ स्वास्थ्यकर्मी, ९६६ शिक्षक, ९६६ शिक्षिका, १५८ जना सुपरिवेक्षक, ११ जना जिल्ला सुपरिवेक्षक तथा ६ वटा सहयोग संघसंस्था रहेका छन् । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रोशनलाल चौधरीका अनुसार लुम्बिनी प्रदेशका अन्य जिल्लाहरु नवलपारसीमा चैत २२ गतेदेखि तथा दाङ, बाँके र बर्दिया, पाल्पा र रोल्पामा चैत २३ गतेदेखि खोप अभियान सञ्चालन हुने छ । यसैगरी रुकुम पूर्व, अर्घाखाँची र प्यूठानमा चैत २५ गतेदेखि खोप अभियान सञ्चालन हुने छ । देशभर चैत २२ गतेदेखि खोप अभियान सञ्चालन गर्ने भनिए पनि विद्यार्थीहरुको वार्षिक परीक्षा सञ्चालन भइरहेका कारण सम्बन्धित जिल्लाहरुको सहजता अनुसार फरक–फरक मितिमा अभियान सञ्चालन गरिने भएको निर्देशक चौधरीले जानकारी दिए ।

दिसा मिसिएको, दुषित पानी तथा खानाका कारण लाग्ने टाइफाइड रोगबाट बच्नका लागि नेपालमा पहिलो पटक खोप सञ्चालन गर्न लागिएको हो । भारतको वायोलोजिकल ई. लिमिटेडले उत्पादन गरेको यो खोपसँगै बालबालिकाहरुमा टाइफाइड हुने सम्भावना ९६ दशमलव ९५ प्रतिशतले कमी हुने विश्व स्वास्थ्यसंगठनको अनुसन्धानले देखाएको छ । नेपालमा टाइफाइड विरुद्धको खोप पहिलो पटक प्रयोगमा ल्याउन लागिएका कारण जनताहरुलाई यस बारे जानकारी गराउने काम भैरहेको निर्देशक चौधरीले बताए । यसैगरी खोप अभियान सञ्चालन गर्दा सम्भावित दुर्घटनालाई मध्यनजर गरी प्रत्येक खोप केन्द्रका प्रमुख, स्वास्थ्य केन्द्रका प्रमुखलाई आवश्यक तयारीमा राख्नुका साथै सम्बन्धित जिल्ला तथा प्रादेशिक अस्पतालहरुमा विशेषज्ञहरुको टोली तयारी अवस्थामा रहेको उनले बताए ।


प्रकाशित : २०७८ चैत्र २०, आईतवार ०७:५८

Lumbini Darpan 2

लेखकबाट थप

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

नागको पूजा गरेर मनाइयो नागपञ्चमी

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

भर्खरै

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech