लुदअ कपिलवस्तु, २५ चैत्र
एमाले पोलिटव्युरो सदस्य विमला घिमिरेले विकास नगरी विरासत गरेको काँग्रेस पार्टी अब कपिलवस्तुमा पतन हुने बताउनु भएको छ । नेकपा एमाले बुद्धभूमि नगर निर्वाचन सम्पर्क कार्यालयको समुद्घाटन कार्यक्रममा बोल्दे नेता घिमिरेले काँग्रेसलाई जताबाट टेका लगाए पनि पराजय भोग्ने निश्चित रहेको बताउनु हो । उहाँले गठवन्धनको सरकार बनेका दिन देखि देशमा विकासको कुनै काम नभएको बताउनु भयो । गठवन्धन सरकार रही रहे खाना पकाउने ग्यासको मुल्य २५ सय पुग्ने अवस्था आउने उहाँको दाबी छ ।
यो सरकार नभएर जनता लुट्ने भएको उहाँले बताउनुभयो । कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य तथा कपिलवस्तु इन्चार्ज बलराम अधिकारीले पार्टीले कार्यकताको भावना समेट्ने गरी उम्मेदवार खडा गर्ने बताउनु भयो । पार्टीको काममा खटेका लगनशिल, कार्यकर्ता माँझमा प्रिय नेता नै एमालेको उम्मेदवार हुने उहाँले आश्वासन दिनु भयो ।
उद्घाटन कार्यक्रममा कपिलवस्तु क्षेत्र नम्बर २ का सांसद बृजेश कुमार गुप्ताले एमालेले गरेका कामको प्रचार गर्न कार्यकर्ताहरुलाई निर्देशन दिनु भयो । उहाँले बुद्धभूमिका मेयर केशव कुमार श्रेष्ठले हरिहरपुरताललाई मर्मत गरी सिंचाई र पर्यटन विस्तार गर्न आएको ५० लाख बजेट काम गर्न नदिएको बताउनु भयो । मेयर श्रेष्ठलाई सबै भन्दा धेरै मत आएको बुद्धभूमि ८ हरिहरपुरमा सांसद गुप्ताले संसद विकास कोषबाट ५० लाख रुपैयाँ विनियोजन गरे पनि नगरपालिकाले चासो नदिँदा योजना फ्रिज भएको बताउनुभयो । कार्यक्रममा प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री धरम बहादुरलाल श्रीवास्तव, खुम आचार्यले मन्तव्य दिनु भएको थियो । कार्यक्रम एमाले बुद्धभूमि अध्यक्ष देवि बेल्वासेको अध्यक्षता र सचिव धुव्र न्यौपानेको संचालनमा सम्पन्न भएको हो ।




















