हरि आचार्य, कपिलवस्तु
शैक्षिक क्षेत्रमा कपिलवस्तु जिल्लामै उत्कृष्ट नतिजा निकाल्न सफल लुम्बिनी लर्निङ्ग सेन्टर प्रा.लि.ले सिओई प्राप्त विद्यार्थीहरुलाई विदाई तथा सम्मान गरेको छ । विगतका जस्तै यस पटक पनि शत प्रतिशत सिओई खसाल्न सफल जिल्लामै उत्कृष्ट उक्त सेन्टरले अध्ययनका लाञिग जापान जाने विद्यार्थीहरुलाई सफलताको शुभकामना सहित विदाई तथा सम्मान गरेको हो ।
कार्यक्रममा सिओई प्राप्त विद्यार्थीहरुले लुम्बिनी लर्निङ शैक्षिक क्षेत्रमा अब्बल सावित भएको बताउदै धन्यवाद दिएका थिए ।
कार्यक्रममा सेन्टरका प्रबन्ध निर्देशक असीम क्षेत्रीको अध्यक्षता, नेपाल पत्रकार महासंघ कपिलवस्तुका कोषाध्यक्ष तथा लुम्बिनी दर्पण राष्ट्रिय साप्ताहिकका प्रकाशक मोहन बेल्बासेको विशिष्ठ आतिथ्यता, लुम्बिनी दर्पण पत्रीकाका ब्यबस्थापक तथा कलाकार पुर्ण चन्द्र परियार लगायतको आतिथ्यता, सेन्टरका लेखापाल प्रमिला क्षेत्री लगायत सम्पुर्ण विद्यार्थीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा कोरीयन भाषा विभाग प्रमुख मधुसुधन पाण्डे, जापनीज भाषा प्रशिक्षक डिल्लीराज सापकोटा, कमल आचार्य, अंग्रेजी भाषा प्रशिक्षक प्रकाश मल्ल लगायतले मन्तब्य दिंदै लुम्बिनी लर्निङ शैक्षिक क्षेत्रमा एक ब्राण्ड बनिसकेको बताउनुभयो ।

सिओई प्राप्त विद्यार्थीहरुले सम्मान गरेकोमा धन्यवाद व्यक्त गर्दैै सम्पुर्णलाई लुम्बिनी लर्निङ्मै अध्ययनका लागि आउन आवश्यक रहेको बताए । त्यस्तै शत प्रतिशत विद्यार्थीको सिओई प्राप्त गर्न सफल भएकाले आगामि दिनमा पनि निरन्तरता दिनेमा आफु विश्वस्त रहेको बताए ।

सेन्टरका अध्यक्ष असीम क्षेत्रीले कार्यक्रम विदाई तथा सम्मान कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिंदै सम्पुर्णको शैक्षिकसंगै समुज्ज्वल भविष्यको कामना गर्नुभयो ।
उहाँले गतिविधिहरुबारे स्पष्ट रुपमा जानकारी गराउदै जापान पुगिसकेपछि हुने क्रियाकलापको बारेमा प्रस्ट पार्नुभएको थियो । उहाँले लुम्बिनी लर्निङ्ग सेन्टरले अध्यापन गराएर शुल्क लिने काम मात्र नगर्ने भन्दै विद्यार्थीहरुको माग र आवश्यकतालाई मध्यनजर गर्दै अगाडि बढ्दै जाने बताए ।

विक्रम संवत २०७२ सालमा स्थापना गरिएको लुम्बिनी लर्निङ्ग सेन्टर प्रालिले कोरियन, जापनिज लगायत विभिन्न भाषा, लोक सेवा तथा शिक्षक सेवाका कक्षा, सम्पुर्ण लेवलका ट्युसन कक्षा, सबै कोर्षका कम्प्युटर कक्षा दक्ष एवम् अनुभवि प्रशिक्षकद्धारा पठनपाठन गराईरहेकोले नतिजा जिल्लामै उत्कृष्ट रहेको त्यहाँ अध्ययनरत विद्यार्थीहरु बताउँछन् ।
प्रोजेक्टर लगायत आधुनिक शैक्षिक सामग्रीबाट अध्यापन, उत्कृष्ट पुस्तकालयको व्यबस्था, दक्ष एवम् अनुभवि प्रशिक्षकद्धारा अध्यापन, पुराना तथा बाहिरि जिल्लाबाट आएका विद्यार्थीहरुलाई विशेष छुट लगायतका विशेषताहरुले भरिपुर्ण यस संस्थामा अध्यापन गर्न ईच्छुक विद्यार्थीहरुको संख्या दिनानुदिन बढिरहेको पाईन्छ । शैक्षिक दक्षता, हाम्रो लक्ष्य भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै अगाडि बढेकाले विद्यार्थीको उपस्थिती सक्रिय रहेको छ ।
फोटो फिचर
तस्बिरः बिष्णु पौडेल


































