शिव खनाल, बुद्धभूमि
श्री सूर्य बहुउद्देश्यीय सहकारी संस्था लि. बुद्धभूमि न.पा. ४ बुड्ढी कपिलवस्तुको २२औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले मुरलीधर घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा विष्णु कुमार के.सी, सचिवमा रेशमराज गिरी, कोषाध्यक्षमा शारदा पौडेल खनाल, सह सचिवमा रविन्द्रनाथ शर्मा, सह–कोषाध्यक्षमा देविका कंडेल रहनुभएको छ ।
त्यस्तै ४ जना सदस्य सहित १० जना सर्वसम्मत चयन गरेको छ भने ३ जना पुनः छनौट गर्ने जिम्मा संचालक समिति लाई भूगोलका आधारमा छनौट गर्ने जिम्मा दिएको निर्वाचन मण्डलका संयोजक शारदा भुसालले जानकारी दिनुभयो ।
गोकर्ण अर्याल, हुकुम बहादुर कुवंर गरि ३ सदस्यीय निर्वाचन मण्डल रहको थियो । कृष्ण गिरी संयोजक रहेको लेखा समितिमा विना खनाल र ओम प्रकास न्यौपाने समेत सर्वसम्मत चयन हुनभएको छ ।
प्रमुख अतिथि बुद्धभूमि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशव राज सुवेदी, विशिष्ट अतिथि उद्योग, बाणिज्य तथा सहकारी शाखा प्रमुख विजय भुसाल, संस्थापक अध्यक्ष चिन्तामणी खनाल, संस्थापक उपाध्यक्ष सालिकराम सुवेदी, संस्थापक सचिव यादव के.सी, संस्थापक कोषाध्यक्ष बसन्त प्रसाद पन्थि लगायत ४० बढी संघ संस्थाका प्रतिनिधिहरु, ७ सय ५० शेयर सदस्यहरुका माझ ९ करोड ५० लाखको सम्पत्ती दायित्व रहेको आर्थिक प्रतिवेदन व्यवस्थापक लेखनाथ खनालले पेश गरेका थिए ।

उपाध्यक्ष विष्णु कुमार के.सीको स्वागत तथा सचिव रेशमराज गिरीको संचालनमा सहकारी भवनमै कार्यक्रम सम्पन्न भएको संस्थाका व्यवस्थापक लेखनाथ खनाले जानकारी दिनुभयो ।




















