लुदअ १२ वैशाख, काठमाडौं
निर्वाचन आयोगले मंगलबारदेखि मतपत्र ढुवानी सुरु गर्ने भएको छ ।
निर्वाचन आयोगले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले ८० प्रतिशत मतपत्र छपाईको काम सकिएको र बाँकी मत पत्रको पनि छपाई जारी रहेको बताए ।
‘निर्वाचन आयोगले ७७ वटै जिल्लामा निर्वाचन सामग्री पठाउने क्रम पूरा गरेको छ । वैशाख १३ गतेदेखि मतपत्र ढुवानी सुरु गर्ने तयारी भएको छ’ प्रवक्ता पौडेलले भने ।
उनका अनुसार हालसम्म ६८ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार मत पत्र छपाई सकिएको छ । निर्वाचन आयोगले एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरेको छ । आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सम्बन्धित सबै पक्षलाई पनि सचेत गराएको छ ।




















