हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ६ मा दलित युवायुवतीका लागि नेतृत्व विकास तथा उद्घोषक तालिम सम्पन्न गरिएको छ । दलित उपभोक्ता समितिको आयोजना तथा वडा कार्यालयको आर्थिक सहयोगमा उक्त तालिम गरिएको उपभोक्ता समितिका अध्यक्ष दिनेश रन्जनले बताउनुभएको छ ।

३ दिने तालिममा नेतृत्व विकास, उद्घोषक भनेको के हो ? उद्घोषकका प्रकार, बोल्ने बानीको क्षमता विकास लगायतका विभिन्न बिषयमा तालिम प्रदान गरिएको थियो ।
तालिममा पुर्ण चन्द्र परियारले प्रशिक्षकको रुपमा रहनुभएको थियो ।
तालिममा सिकेका कुराहरुलाई व्यबहारमा उतार्ने तालिममा सहभागीले प्रतिक्रिया दिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि वडासचिव कृष्ण प्रसाद गौतमले यस्ता तालिमले युवायुवतीको क्षमता विकास हुने बताउनुभयो ।
कार्यक्रमका अध्यक्ष उपभोक्ता समितिका अध्यक्ष दिनेश रन्जनले कार्यक्रम सफल पार्न सहयोग गर्ने प्रशिक्षक, वडा कार्यालय, समितिका पदाधिकारी तथा सहभागी सम्पुर्णलाई धन्यवाद दिनुभयो ।




















