ताजा अपडेट

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलवस्तुमा ३ पालिकाका १४ जनाको उम्मेद्वारी खारेज

Lumbini Darpan 2 २०७९ बैशाख १६, शुक्रबार २१:३६
[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाट मेयर र उपमेयर दुवैमा पुरुषको मनोनयन दर्ता भएको भन्दै निर्वाचन आयोगले दुवै जनाको उम्मेदवारी रद्ध गरेको छ । कृष्णनगर नगरपालिकाको मेयरमा लोसपाबाट मेयरमा शिवप्रसाद कलवार र उपमेयरमा मोहम्मद अफजल मियाले उम्मेदवारी दिएका थिए । कानून अनुसार मेयर उपमेयर पदमा उम्मेदवारी दिने दलले एक महिला र एक पुरुष उठाउनु पर्ने भए पनि दुवै पदमा पुरुषले उम्मेदवारी दिएकाले उम्मेदवारी खारेज गरेको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुकी सूचना अधिकारी अनिता क्षेत्रीले जानकारी दिइन् । त्यसैगरि कृष्णनगरमै दलित प्रमाणपत्र पेश गर्न नसकेका कारण वडा नम्बर ९ मा माओवादीबाट दलित महिला सदस्यको उम्मेदवार बनेकी सनिरा धोवी र जनता प्रगतिशील पार्टीकी सुमिरता रैदासको उम्मेदवारी रद्द भएको छ ।

मायादेवी गाउँपालिका वडा नम्बर ३ का जसपाका वडा अध्यक्ष पदका उम्मेदवार रामनाथ यादवको उम्मेदवारी रद्द भएको छ । एकै पदमा सोहि पार्टीबाट दुई जनाले उम्मेदवारी दिएको पाइएपछि पछि नाम दर्ता गरेका यादवको उम्मेदवारी खारेज भएको हो । मायादेवी गाँउपालिकाको वडा नम्बर ५ मा जसपाकै महिला सदस्य पदकी उम्मेदवार रामरती अहिरले जनप्रतिनिधिबाट राजिनामा नदिइ मनोनयन दर्ता गरेका कारण उनको उम्मेदवारी पनि खारेज भएको हो । बिजयनगर गाउँपालिकामा सबै भन्दा बढि ८ जनाको उम्मेदवारी खारेज भएको छ । वडा नम्बर ६ का जनता प्रगतिशील पार्टीबाट वडा अध्यक्षका उम्मेदवार उदितकुमार मिश्रा, वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्रकी महिला सदस्य साधना केवट, वडा नम्बर ५ मा जनमोर्चाकी महिला सदस्य पदकी उम्मेदवार सुनिता चौधरी कुर्मी, वडा नम्बर १ मा महिला सदस्य पदकी बहुजन शक्ति पार्टीकी उम्मेदवार सुशीला चौधरीको उम्मेदवारी खारेज भएको छ ।

यस्तै वडा नम्बर ७ का राष्ट्रिय जनमोर्चाका वडा सदस्य उम्मेदवार बालजी कोरी, वडा नम्बर ४ मा राप्रपाकी दलित महिला सदस्य पदकी उम्मेदवार जमुना घर्ति, वडा नम्बर ३ का जनता प्रगतिशील पार्टीका सदस्य पदका उम्मेदवार साहिद पठान र सोहि पार्टीकै वडा नम्बर ६ मा महिला सदस्य पदकी उम्मेदवार रेश्मा चौहानको उम्मेदवारी खारेज भएको सुचना अधिकारी क्षेत्रीले जनकारी दिईन् । कपिलवस्तुका १० वटा स्थानीय तहमा कुल ३ हजार ५ सय ८२ जनाले उम्मेदवारी दिएका थिए ।

 


प्रकाशित : २०७९ बैशाख १६, शुक्रबार २१:३६

Lumbini Darpan 2

लेखकबाट थप

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

नागको पूजा गरेर मनाइयो नागपञ्चमी

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

भर्खरै

  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech