ताजा अपडेट

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

एमाले बाणगंगा ६ द्धारा समृद्धिको आधार सहितको प्रतिबद्धता पत्र सार्वजनिक

Lumbini Darpan 1 २०७९ बैशाख २४, शनिबार १३:१३
[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ६ को विकासका लागी नेकपा एमालेका उम्मेद्धारहरुलाई जिताउन उम्मेद्धारहरुले जनताका बिचमा अपिल गरेका छन् । यस्तै वडा अध्यक्षका उम्मेद्धार बनेका सुकदेव थारुले आफु निर्वाचित भए वडामा यस अघिको कार्यकालमा आफुले गरेका कामको निरन्तरता र बाकीँ अधुरा योजना पुरा गर्ने गरी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

“कृषिमा आधुनिकीकरण, पशुपालन र पर्यटनको विकास, हाम्रो वडाको समृद्धिको आधार” भन्ने नाराका साथ वडा अध्यक्षका उम्मेद्धार थारुले वडाको समुन्नत विकासका लागी कृषि, पशुपालन, भौतिक पूर्वाधार तथा शिक्षा, स्वास्थ्य, पर्यटन लगाएतका विषयलाई समेटेर प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन ।

वडाभित्र रहेका साँगुरा बाटोको स्तर उन्नति गरी कालोपत्रे गर्न बाँकी रहेका सडकहरु कालोपत्रे गर्ने, विद्युत नभएका स्थानमा विद्युत्को पहुँच विस्तार गरी १ वर्ष भित्र वडालाई उज्यालो वडा घोषणा गर्ने लक्ष्य छ । यस्तै वडालाई खरको छानोमुक्त वडा बनाइने समेत उनको प्रतिबद्धता पत्रमा उल्लेख छ । नदी कटान क्षेत्रलाई नियन्त्रण गर्ने, लक्ष्मणघाट —भगलापुर घाटको शवदाह स्थललाई व्यवस्थित गराउन पहल गर्ने पनि उनले जनाएका छन् । वडाभित्र बैक तथा वडा प्रहरी कार्यालय स्थापना, संघीय तथा प्रदेश सरकारसँग समन्वय गरी भत्किएको बैदौलीको पुल निर्माण कार्य तत्काल अगाडी बढाइने पनि उल्लेख छ ।
स्वास्थ्य उपचारमा सहज पहुँचको लागि एम्बुलेन्सको व्यवस्था तथा सुत्केरी महिला एवम्ज्येष्ठ नागरिकहरुलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने भनिएको छ भने वडा वासीहरुलाई स्वच्छ एवम् सुरक्षित पिउने पानीका लागि एकघर एक धाराको अभियान पुरा गर्ने समेत प्रतिबद्धता पत्रमा भनिएको छ । वडा अध्यक्षका उम्मेद्धार थारुले वडाको विकासका लागि अझै एकपटक मत दिएर जिताउन मतदातासँग आग्रह गरेका छन् । निर्वाचनका बेला आफुले बोलेका कुरा काम गरेर देखाउने भन्दै उनले वडाको विकासका लागि आफु प्रतिबद्ध रहेको समेत दाबी गरेका छन् ।

यस्तो छ, प्रतिबद्धता पत्रको पूर्णपाठ

आदरणीय आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरु,
हाम्रो गौरवशाली पार्टी नेकपा एमालेको तर्फबाट स्थानीय तह निर्वाचनमा बाणगंगा नगरपालिकाको नगर प्रमुख (मेयर) मा चक्रपाणी अर्याल र उपप्रमुख (उपमेयर)मा रिता थारु सहित वडा नं. ६ को वडा अध्यक्षमा सुकदेव चौधरी, महिला वडा सदस्यमा शान्ता खनाल, दलित महिला वडा सदस्यमा मिना बि. क., खुला वडा सदस्यमा कृष्ण प्रसाद पौडेल र रण बहादुर काउचालाई यहाँहरु बीच उम्मेदवारको रुपमा अगाडी बढाएका छांै । सूर्य चिन्हमा यहाँहरुको अमूल्य मत प्रयोग गरी विजय हासिल गरेपछि निम्न योजनाहरु उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।
क. भौतिक पूर्वाधार
१ वडाभित्र रहेका साँगुरा बाटोको स्तर उन्नति गरी कालोपत्रे गर्न बाँकी रहेका सडकहरु कालोपत्रे गरिनेछ ।
२ विद्युत् नभएका स्थानमा विद्युत्को पहुँच विस्तार गरी १ वर्ष भित्र वडालाई उज्यालो वडा घोषणा गरिनेछ । तथा कम भोल्टेज भएका स्थानमा थ्रि फेज तथा ट्रान्सफर्मर जडान गरिनेछ ।
३ वडालाई खरको छानोमुक्त वडा बनाइनेछ ।
४ नदी कटान क्षेत्रलाई नियन्त्रण गर्ने, लक्ष्मणघाट —भगलापुर घाटको शवदाह स्थललाई व्यवस्थित गराउन पहल गरिनेछ ।
५ वडाभित्र बैक तथा वडा प्रहरी कार्यालय स्थापनाको लागी सीघ्र पहल गरिनेछ ।
६ संघीय तथा प्रदेश सरकारसँग समन्वय गरी भत्किएको बैदौलीको पुल निर्माण कार्य तत्काल अगाडी बढाइनेछ ।
७ वडाभित्र रहेको सार्वजनिक जग्गाको अतिक्रमणवाट जोगाई संरक्षण गर्ने ।
८ वडा भित्रका मुख्य चोक तथा बुद्ध मार्गमा सि.सि.टि.भि जडान गरिनेछ ।
९ लक्ष्मणघाट बाँध देखी झुलनीपुर गाउँसम्म सिंचाई कार्यालय समन्वय गरी वाटो कालो पत्रे गर्न संघीय सरकार तथा प्रदेश सरकार समक्ष पहल गरिनेछ ।
१० वडा भित्र मुख्य सडकमा नालि निर्माण गरिनेछ ।
११ नगर बस सञ्चालन गर्नको लागि नगरपालिकासँग समन्वय गरिनेछ ।
१२ वडा भित्र रहेका बैदौली पुल, लक्ष्मणघाट पुल तथा झुलनीपुरमा जोखिमपूर्ण अवस्थाम रहेका पुल निर्माणका लागि संघीय सरकार तथा प्रदेश सरकार संग पहल गरिनेछ ।
शिक्षा ÷ स्वास्थ्य ÷ खेलकुद
१ स्वास्थ्य उपचारमा सहज पहुँचको लागि एम्बुलेन्सको व्यवस्था तथा सुत्केरी महिला एवम् ज्येष्ठ नागरिकहरुलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ ।
२ वडा वासीहरुलाई स्वच्छ एवम् सुरक्षित पिउने पानीका लागि एकघर एक धाराको अभियान पुरा गरिनेछ ।
३ ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, बालबालिका तथा युवालक्षित विशेष कार्यक्रमहरु सञ्चालनमा ल्याइनेछ ।
४ विपन्न परिवारको लागी निुःशल्क स्वास्थ्य विमाको व्यवस्था मिलाइनेछ ।
५ लक्ष्मणघाट माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्न पहल गर्ने तथा उच्च शिक्षा अध्ययन गर्ने गरिब, जेहेन्दार, विपन्न, दलित, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्तिलाई पूर्ण छात्रवृत्तिको व्यवस्था गरिनेछ । ज्ञानोदय आधारभुत विद्यालय सुठौलीको गुणस्तर सुधार गरी मध्यमिक तह सम्म सञ्चालन गरिनेछ ।
६ वडाभित्र रहेका हरेक टोलका युवा क्लव÷संस्थाहरुलाई खेलकुद सामग्री तथा क्षमता विकासको लागि वार्षिक वजेटको व्यवस्था गरिनेछ ।
७ लागु औषध दुव्र्यसनीलाई निरुत्साहित गर्न विशेष अभियान सञ्चालन गरिनेछ ।
८ लक्ष्मणघाट माध्यमिक विद्यालयको खेल मैदानलाई मिनी स्टेडियमको रुपमा विकास गर्न संघीय सरकार तथा प्रदेश सरकार सँग पहल गरिनेछ ।
९ वडा भित्रको उपयुक्त स्थानमा कभर्ड हल तथा खुला जिम हल निर्माण गर्नको लागी पहल गरिनेछ ।
१० वडा भित्रको फोहरमैला व्यवस्थापन गरिनेछ । सडकमा सडक बत्ती जडान गरिनेछ ।
११ लक्ष्मणघाट माध्यमिक विद्यालय लक्ष्मणघाट तथा ज्ञानोदय आधारभूत विद्यालय सुठौलीमा ई–पुस्तकालय निर्माण गरिने छ ।
१२ वडा भित्र रहेका ज्येष्ठ नागरिकहरुलाई हरेक वर्ष निःशुल्क स्वास्थ्य चेकजाँच तथा सम्मान गरिनेछ ।
१३ पहुँच भन्दा पछाडी परेका वडा भित्र रहेका अपाङ्गता भएका व्यक्ति, असहाय, विपन्न तथा ज्येष्ठ नागरिकका लागि निःशुल्क औषधी उपचारका व्यवस्था गरिनेछ ।
१४ शुसासन र प्रेसमैत्री वडाको रुपमा पहिचान कायम गरिनेछ ।
१५ विभिन्न टोलमा बास्केटवल तथा ब्याडमिन्टन कोर्टको व्यवस्था गरी खेलकुद मार्फत् वडावासीलाई स्वस्थ बनाउन पहल गरिनेछ ।
कृषि तथा पशुपालन
१ साप्ताहिक हाट बजारको लागि पहल गरिने छ ।
२ एक घर एक करेसाबारी निर्माण गर्न पहल गरिने छ ।
३ वडाभित्र रहेका खेतीयोग्य तर सिंचाई अभाव भएका जमिनमा सिंचाईको व्यवस्था गरिने छ ।
४ कृषि तथा पशुपालन व्यवसायमा उत्पादन लागतलाई कम गर्न जमिनलाई बाँझो नराखी घाँस, मक आदिको उत्पादन गरि साइलेज बनाउने कामलाई प्रोत्साहन गरिने छ ।
५ वडा भित्र रहेका कृषि सहकारी संस्थाहरुलाई व्यवस्थित गरी कृषि तथा पशुपालन
व्यवसायमा उत्पादनमा आधारित अनुदान दिने व्यवस्था मिलाइनेछ ।
६ पशुपालन किसानको सुविधाको लागि दाना उद्योग स्थापना गर्न प्रोत्साहन गरिने छ ।
७ वडालाई पशुपालन पकेट क्षेत्रको रुपमा विकास गर्न नदि किनारको क्षेत्र तथा सामुदायिक सहकार्य गरी घाँस उत्पादनको लागि व्यवस्था गरिनेछ ।
उद्यमशिलता
१ युवा उद्यमशीलता प्रबद्र्धन तालिम, महिला लक्षित घरेलु उद्योग व्यवस्थापन तालिम तथा विदेशवाट फर्केका युवालाई व्यवसायिक सीप विकास तालिम सञ्चालन गरी स्वरोजगारी मार्फत् आत्मनिर्भर बनाउन पहल गरिनेछ ।
२ वडाभित्र रहेका आमा समूहलाई नेतृत्व विकास तालिम, टोल विकास संस्थाहरुलाई व्यवस्थापन तालिम तथा क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्ने ।
पर्यटन तथा पर्यावरण
१ यस क्षेत्रको कला संस्कृतिको संरक्षण, विकास एव संरक्षण का लागि लक्ष्मणघाट बोलबमधाममा “कपिलबस्तु सांस्कृतिक सङ्ग्रहालय” निर्माण गरिनेछ ।
२ सैलहवा पुरातात्विक स्थलको संरक्षण तथा वृहत् विकासको योजना बनार्ई उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास गरिनेछ ।
३ यस वडा भित्र रहेका पर्यटकीय तथा धार्मिक स्थलको सौन्दर्यकरण गरी धार्मिक एवम् पर्यटकीय वडाको रुपमा विकास गरिने छ ।
४ भगलापुर पार्कलाई उचित व्यवस्थापन गर्दै यसको सौन्दर्यकरण गरिने छ तथा लक्ष्मणघाट समुदायिक वनमा लक्ष्मणघाट बालउद्यान बनाई पिकनिक स्थलको रुपमा विकास गरिनेछ ।
५ लक्ष्मणघाट धामस्थित गौरा कम्पनी क्षेत्रलाई आधुनिक वनभोज स्थल र जङ्गल सफारीको रुपमा विकास गरिने छ ।
६ आदिवासी जनजातिको संस्कृतिको जगेर्ना गर्नको लागि प्रत्येक गाउँको डहरचन्नी र दिवारलाई संरक्षण तथा व्यवस्थित गरिनुका साथै थारु भाषा संस्कृतिको गरिने छ ।

 


प्रकाशित : २०७९ बैशाख २४, शनिबार १३:१३

Lumbini Darpan 1

लेखकबाट थप

  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण
  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा
  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा
  • संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल
  • प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक
प्रतिक्रिया

यो पनि पढौँ

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह

बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

विदेशमा १४ वर्ष पसिना, घर फर्किएपछि आफ्नै माटोमा ‘दियालो’ बाल्दै कमल

भोटेकोशी बाढीको पीडा गीतमा : दिनेश रञ्जनको ‘रसुवाको घटना’ सार्वजनिक

थकाली खानाको स्वाद अब जितपुरमै, खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भर्खरै

  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

  • संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई

  • प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

  • अष्ट्रेलियाले खोज तथा उद्धारका लागि विशेषज्ञ टोली नेपाल पठाउँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech