लुदअ बैशाख ३०, काठमाण्डौ
पालिका चुनाव अन्तर्गत मतदान भइरहेको छ । वृद्धवृद्धाको पनि उल्लेख्य उपस्थित छ । उनीहरुलाई लाइन बस्न पर्दैन ।
सहजै मतदान गर्न पाएकोमा उनीहरु खुसी छन्। ललितपुरको महालक्ष्मी नगरपालिका(५ को हाइ भ्यु स्कुल केन्द्रमा पनि बुढाबुढीले सहजै मतदान गरिरहेका छन्।
९० वर्षका दुर्गप्रसाद पौडेलले पनि भोट हाल्नुभयो । भोट हालेर बाहिर निस्किएका पौडेल खुसी देखिनुहुन्थ्यो । ुपहिले पहिले घन्टौँसम्म लाइन बस्नपर्थ्यो, अहिले त सबैले यता आउनुस बा भन्दै पालो मिलाइदिए, गाह्रो भएनु उहाँले भन्नुभयो ।
पञ्चायतदेखि अहिलेसम्मका चुनावमा भोट हालेको अनुभव दुर्गप्रसादसँग छ । ुपहिले कांग्रेस, गोर्खे दल भन्ने थोरै दल थिए, अहिले त कति हो कति ु उहाँको अनुभव छ ।
अहिलेसम्म कतिपल्ट भोट हालियो भन्ने उहाँलाई सम्झना छैन, तर देश विकसित बन्न नसकेको उहाँको दुखेसो छ । ुपञ्चायत कालदेखि अहिलेसम्म भोट हालियो, हाम्रो काम त भोट हाल्ने हो, देश बनाउने र नबनाउने जिम्मा उनीहरुकै होु पौडेलले भन्नुभयो ।




















