
हरि आचार्य, कपिलवसतु
कपिलवस्तु जिल्लामा भयरहित र शान्तीपुर्ण रुपमा निर्वाचन भईरहेको छ । बिहान ७ बजेदेखि नै मतदान सुरु भएको थियो । स्थानीय तहको निर्वाचनका मतदान गर्नका लागि मतदाताहरू उत्साहका साथ पालो कुरेर लाइनमा बसेका छन् । मतदानस्थलमा भित्र प्रवेश गर्ने र बाहिर निस्कने द्वार छुट्टाछुट्टै बनाइएको छ। सुरक्षा व्यवस्था कडा पारिएको छ ।
मतदान स्थलमा फोटो खिच्न मनाही गरिएको छ । कतिपयले मतदानस्थलमै मतदाता शिक्षा दिइरहेको देखिन्छ । अहिले जिल्लाका कुनै पनि मतदान केन्द्रमा कुनै कारणले निर्वाचन रोक्नु नपरेको प्रहरीले जनाएको छ ।