लुदअ, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ स्थित बनगाइका एक खनाल परिवारले सामुदायिक विद्यालयका लागि भुमि दान गरेका छन् । बाणगंगा ७ बनगाई स्थित जनचेतना आधारभूत विद्यालयका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका बनगाइ निवासी कृष्ण खनालको परिवारले विद्यालयका लागि मोतिपुर २ ख ७६४ कि।न। को १० धुर जग्गा प्रदान गर्नुभएको विद्यालयले जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खनालको बुवा काशिराम खनाल र आमा बसन्ती खनालको ८४ पुजनकोे अवसरमा आइतबार उहाँहरुले जनचेतना आधारभूत विद्यालयको प्राङ्गणमा अवस्थित फरक व्यक्तिको नाममा रहेको मोतिपुर २ ख ७६४ कि।नं। को १० धुर जग्गा खरिद गरि विद्यालयका प्रधानाध्यापक लाई सो जग्गा हस्तान्त्रण गर्नुभएको विद्यालयका शिक्षक देवेन्द्र थापाले जानकारी दिनुभयो ।
आधारभूत तहको सामुदायिक विद्यालय अन्र्तगत बाणगंगा नगपालिमामा फरक पहिचान बनाइरहेको सो विद्यालयको विं।सं। २०५७ सालमा काशिराम खनालका दाजु गिरिराज खनालले शिल्यान्स गर्नुभएको थियो । विद्यालयमा हाल कक्षा बालविकास देखि कक्षा ८ सम्म करिब ३५० बालबालिकाहरु अध्ययनरत छन् ।
अध्यक्ष खनालका वुवाले धार्मिक पुण्य कार्य सङ्गै सामाजिक तथा शैक्षिक पुण्य कार्यमा देखाउनु भएको र यो महानतालाई विद्यालयले सधै स्मरण गरिरहने भन्दै प्रधानाध्यापक शम्भुराम खनालले धन्यवाद प्रकट गर्नुभएको छ ।




















