हरि आचार्य, कपिलवस्तु
नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाणगंगा नगरपालिका वडा नं. २ वडा कमिटिले विज्ञप्ति जारी गरेको छ । वडामा स्थानीय तह निर्वाचन २०७९ मा एमाले प्यानलनै विजयी भएसंगै सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै वडा कमिटिले एक विज्ञप्ति जारी गरेको एमाले जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नं. १ सह संयोजक विश्व कार्कीले बताउनुभयो ।
विज्ञप्तिमा ‘आदरणीय बाणगंगा नगरपालिका वडा नं. २ निवासी मतदाता आमावुवा, दाजुभाई एवं दिदीबहिनी २०७९ सालको स्थानीय तहको निर्वाचनमा हाम्रो पार्टी नेकपा (एमाले) बाट उम्मेदवार रहनुभएका वडा अध्यक्षमा क.बिष्णु प्रसाद पौडेल, महिला सदस्यमा क.शान्ता पाण्डे, दलित महिला सदस्यमा क.सुमित्रा दमै, खुल्ला सदस्यमा क. झिमलाल सापकोटा र क.प्रेम बहादुर रौतार थारुलाई यस वडाबाट अत्याधिक मतले विजय गराउनुभएकोमा र यसैगरी नगर प्रमुख क.चक्रपाणी अर्याल, नगर उप–प्रमुखमा क. रिता थारुलाई समेत यस वडाबाट अत्याधिक मतदान गरी विजय गराउन सफल हुनुभएकोमा धेरै धेरै धन्यवाद सहित आभार प्रकट गर्दछौं ।’
‘यस निर्वाचनमा पार्टीलाई विजय गराउन घरदैलो, मतपत्र प्रशिक्षण लगायत पार्टी हितको पक्षमा अहोरात्र खट्नुहुने आम नेता कमरेडहरु, यस वडाका युवा, महिला, बिधार्थी, बुद्घिजिवी, अपाङ्ग, दलित समुदाय, आदिवासी जनजाति, मजदुर किसान, श्रमजिवी वर्ग, शिक्षक कर्मचारी वर्ग सबैलाई अन्तर मनदेखि हार्दिक र्हािर्दक धन्यवाद सहित आभार प्रकट गर्दछौं’, भनिएको छ । त्यस्तै उक्त विज्ञप्तिमा ’यस निर्वाचनलाई सफल तुल्याउन निर्वाचनमा सरिक सम्पूर्ण कर्मचारीहरु, मतगणनामा सरिक कर्मचारीहरु, आफ्नो ज्यानको प्रवाह नगरी सुरक्षाको निम्ति दिनरात नभनी खट्नुहुने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनालाई धेरै धेरै धन्यवाद प्रकट गरिएको छ । वडा कमिटिका अध्यक्ष बिष्णु प्रसाद पौडेल र वडा कमिटि अध्यक्ष नहकुल शाहिको हस्ताक्षर रहेको विज्ञप्तिमा अन्त्यमा तपाईहरुले विश्वास गरेर हाम्रो पार्टीलाई एवं हाम्रा उम्मेदवारहरुलाई मतदान गरी विजय प्राप्त गराउनुभएकोमा त्यो विश्वासलाई कहिल्यै झुक्न र गुम्न नदिने प्रतिवद्धता समेत व्यक्त गरिएको छ ।




















