संगिता भुसाल ।
कपिलवस्तु नगरपालिकाले नगर भित्रका जनताको स्वास्थ्य बिमाको ५० प्रतिशत खर्च रकम व्यहोर्ने नव निर्वाचित नगर प्रमुख सुदिप पौडेलले घोषणा गरेका छन् । स्वास्थ्य बिमाको पहुँच सबै जनता समक्ष पुर्याई सो को सुविधा लिन सके जनताले राहत महशुस गर्ने बताएका छन् ।
हिजो कपिलवस्तु नगरपालिका वडा नं १ को कार्यालयले आयोजना गरेको सम्मान कार्यक्रममा नगर प्रमुख पौडेलले संचारकर्मी समक्ष सो कुरा बताएका हुन् । यसका साथै आउँदो ५ बर्ष भित्रमा नगर भित्रका फुसको छानो भएका जनतालाई टिन बितरण गरी फुसको छानो मुक्त नगर घोषणा गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
नगर भित्र रहेका खाल्डा खुल्डी पुर्ने र कच्ची बाटोलाई स्तरोउन्नती गरी आफ्नो कार्यकाल सम्म नगरलाई हिलो मुक्त नगर बनाउने समेत बताएका छन् ।




















