लुदअ, प्युटान
स्वर्गद्धारी मन्दिर दर्शन गरि फर्किएको बोलेरो पिकअप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।
भारतिय नागरिक चढेको पिबी १०जि जेड ०२७९ नम्बरको गाडी दुर्घटना हुँदा भारत उत्तर प्रदेशका ५८ वर्षिय विक्की नाउको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरिक्षक लाल बहादुर विकले जानकारी दिए । विकका अनुसार २ जनाको अवस्था गम्भिर रहेकोले भैरवा रिफर गरिएको छ । अन्य व्यक्तिको अवस्था सामान्य रहेको छ । गाडीमा सवार २७ जना रहेका थिए । गाडी स्वर्गद्धारी नगरपालिका ४ घडेरीमा ब्रेक फेल भई दुर्घटना भएको हो ।
त्यस्तै मन्दिर दर्शन गरि फर्किएको अर्को पिकअप दुर्घटना हुदाँ दुई भारतिय नागरिक घाईते भएका छन । उनीहरुलाई पनि जिल्ला बाहिर रिफर गरिएको विकले बताए । पि.बी ५१ ई ४९८४ नम्बरको पिकअप भिङ्ग्री जलुकेमा दुर्घटना भएको हो ।




















