लुदअ ६ असार, काठमाडौं
अखिल नेपाल फुटबल संघ ९एन्फा०को नयाँ नेतृत्व चयनका लागि सोमबार निर्वाचन हुँदैछ ।
कुनै बेला चेन्ज एन्फाको नारा उठाएका र अघिल्लो कार्यकाल एउटै टिममा रहेका कर्माछिरिङ शेर्पा र पंकजविक्रम नेम्वाङ प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका छन् । कर्माछिरिङ वर्तमान अध्यक्ष हुन् भने पंकज विक्रम वरिष्ठ उपाध्यक्ष ।
दुवैले २१(२१ जनाको टिम बनाएका छन् । राजिवराज पौड्याल पनि अध्यक्षको उम्मेदवार बनेका छन् । तर उनको प्यानल छैन । त्यसैले अध्यक्षमा कर्माछिरिङ शेर्पा र पंकज विक्रमबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । दुवैले नेपाली फुटबल विकासका लागि आफू नेतृत्व आउनुपर्ने दाबी गरेका छन् ।
चार वर्षको समीक्षा गर्दा कर्माछिरिङले आफ्नै टिमका साथीहरुले अवरोध गरेको दाबी गरेका छन् भने पंकजले भने नेतृत्वले सबैलाई समेटेर काम गर्न नसकेको आरोप लगाएका छन् । पंकजले नेतृत्वले आर्थिक अनियमिततालगायत विभिन्न काम गरेको बताउँदा कर्माले भने सबै भागिदार रहेको बताए ।




















