हरि आचार्य, कपिलवस्तु
अर्घाखाँची जिल्लाको शितगंगा वडा नम्बर १३ को वडा कार्यालयले छैंठौं वडा सभा सम्पन्न गरिएको छ । वडा कार्यालयमा वडा सभाको आयोजना गरि आर्थिक वर्ष २०७९/०८० का लागी एक घर एक रोजगारलाई मुख्य प्राथमिकता दिंदै योजना छनोट गरिएको छ । विशेष गरी रोजगारको समस्या लाई मध्यनजर गर्दै एक सय जना भन्दा धेरै लाई रोजगार दिने उद्देश्यका साथ वडाको दमारमा सिमेन्ट उद्योग खोल्ने निर्णय भएको वडा अध्यक्ष दुर्गा विसीले जनाकारी दिनुभएको छ ।
मुसीवान, शिखारखोला खत्लीबिराए लागयतका बासीन्दा लइ समेट्ने उद्देश्यले कपिलवस्तुको बनगाई–भर्लवास मुसीवान ढाब हुँदै छेंडा सम्मको बाटोमा दैनिक बस चलाउने निर्णय पनि वडा सभाले गरेको छ । पहिलो वर्षकै योजना अनुसारको थाप्ले बारी औद्योगिक ग्राम लाई अघि बढाइने पनि अध्यक्ष बिसीले बताउनु भएको छ । त्यस्तै वडा भित्र रहेका कृषि र पशुपालन लाइ विशेष प्रथमिकताका साथ अनुदान प्रदान गरीने पनि उहाँले बताउनु भयो ।
समृद्ध र समुन्नत वडा निर्माण गर्नका लागी शिक्षा, स्वास्थ्य, खानेपानि, कृषि, विद्युत, यातायात लगायत विभिन्न क्षेत्रका लागी वडा वासीको माग र आवश्यकता अनुसार योजना छनोट गरीएको र उतm योजना बाट वडा बासी लाई प्रत्यक्ष लाभ पुग्ने अध्यक्ष विसीले बताउनु भएको छ ।
साथै वडा सभामा नै वडामा रहेका ७५ वर्ष भन्दा माथिका वृद्धवृद्धाको लागी लाइट र रेडीयो प्रदान गरिएको वडाध्यक्ष विसीले बताउनुभएको छ ।




















