नेदरल्यान्डसँगको एक दिवसीय क्रिकेट श्रृङ्खलामा इङ्ल्यान्डको ‘क्लिन स्वीप’

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ असार ९, काठमाण्डौ
इङ्ल्यान्डले नेदरल्यान्डसँगको एक दिवसीय क्रिकेट श्रृङ्खलामा ुक्लिन स्वीपु गरेको छ ।

तेस्रो एक दिवसीयमा इङ्ल्यान्डले ८ विकेटले विजयी हुँदै ुक्लिन स्वीपु गरेको हो । आर्मस्डममा नेदरल्यान्डले दिएको २ सय ४५ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले ३० ओभर १ बलमा दुई विकेट गुमाएर भेट्टायो ।

उसका जासन रोयले अविजित १ सय १ रनको शतकीय पारी खेले । यस्तै जोस बट्लरले अविजित ८६ रन जोडे । फिल साल्ट ४९ रनमा आउट भए । यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्डले स्कट एडवार्डको ६४ तथा म्याक्स ओ दाउदको ५० र बास दि लिडको ५६ रन मद्दतमा २ सय ४४ रन बनाएको थियो ।

इङ्ल्यान्ड पहिलो खेलमा २ सय ३२ रन र दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो ।


प्रकाशित : २०७९ असार ९, बिहीबार ०७:३१