रामु यादव, कपिलवस्तु
कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँ पालिकामा शुक्रबार आगामी आव ०७९/०८० का लागि साताै गाउँ सभा मार्फत उपाध्यक्ष हाेम प्रकाश चाैधरीले बजेट सार्वजनिक गरेका छन् ।
स्थानीय तहहरु मध्ये कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँ पालिकाले शुक्रबार नीति तथा कार्यक्रम पास गरेको छ।साताैँ गाउँ सभामा पालिका अध्यक्ष कमलेश शरण चाैधरीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको हो ।
गाउँपालिकाले आगामी आ.व.शुद्धोधन गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि ५३ करोड ९० लाख २२ हजार बराबरको बजेट सार्वजनिक गरेको हो ।

सो मध्ये चालु प्रशासनिक खर्च ९ करोड पुँजीगत खर्च २२ करोड ९६ लाख २२ हजार र वित्तीय व्यवस्था अर्थात सशर्त अनुदान २१ करोड ९४ लाख रहेको छ ।
अध्यक्ष चौधरीले कृषि, पशु, स्वास्थ्य शिक्षा, वन वातावरण, पर्यटन जस्ता क्षेत्रमा पनि उल्लेखनीय नीति तथा कार्यक्रमहरु प्रस्तुत गरेका छन् ।
गाउँपालिका उपाध्यक्ष होमप्रकाश चौधरीले गाउँसभामा प्रस्तुत गरेको बजेट माथि शुक्रबार देखि छलफल प्रारम्भ भएको थियोे।
यस्तै गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीले प्रस्तुत गरेको बार्षिक नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको जनाइएको छ ।
प्रशासन शाखा प्रमुख ईश्वरी प्रसाद न्यौपानेको संचालनमा सम्पन्न सभामा प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थीले पेश गरेका विभिन्न निर्णय पारित गर्दैसभा सम्पन्न भएको छ ।




















