हरि आचार्य, कपिलवस्तु
आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार लुम्बिनी प्रदेश सञ्जालको संयोजकको जिम्मेवारी रोमकान्त घिमिरेलाई प्रदान गरिएको छ । प्रदेश सञ्जालको लुम्बिनीमा सम्पन्न बार्षिक सभाबाट संयोजकको जिम्मेवारी मानव अधिकारकर्मी तथा सामाजिक अभियान्ता घिमिरेलाई प्रदान गरिएको हो ।

यस अघि सञ्जालको संयोजकको रुपमा तेज प्रसाद आचार्य रहनुभएको थियो । सञ्जालले आगामि कार्यकालका लागि सचिवलायको जिम्मेवारी सिद्धार्थ सामाजिक विकास केन्द्रलाई नै प्रदान गर्नुका साथै प्रदेश सञ्जालको संयोजकको जिम्मेवारी रोमकान्त घिमिरेलाई प्रदान गरेको सञ्जालका निवर्तमान संयोजक आचार्यले जानकारी दिनुभयो ।
घिमिरे मानव अधिकार एलाईन्सको केन्द्रिय सदस्य हुनुहुन्छ भने सिद्धार्थ सामाजिक विकास केन्द्रको कार्यसमिति सदस्य पनि रहनुभएको छ ।
संयोजकको जिम्मेवारी पाएसंगै घिमिरेले मानव अधिकारको विश्वव्यापी मान्यतालाई आत्मसाथ गर्दै मानव अधिकार, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको सम्मान, संरक्षण र प्रर्वद्धनका लागि सम्बन्धित निकायहरुसंग समन्वय, खबरदारी गर्दै समग्रमा विधिको शासनका लागि सांगठनिक रुपमा कार्य गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।




















