लुदअ, कपिलवस्तु
लायन्स क्लव अफ कपिलवस्तु वर्ष २०२२/२३ का लागि सञ्चारकर्मी तथा लायन्स क्लव अफ कपिलवस्तुका सदस्य नवराज बेल्वासेलाई मिडिया संयोजकको जिम्मेवार दिएको छ । जुलाई १ अर्थात् लायन्स नयाँ वर्षको अवसारमा बसेको २०२२/२३ को प्रथम बैठकले बेल्वासेलाई मिडिया संयोजक तोकेको हो ।
लायन्स क्लव कपिलवस्तुमा प्रवेश गरेको छोटोे समयमा नै क्लवको विश्वास जितेको कारण बेल्वासेलाई संयोजकको जिम्मेवारी दिएको लायन्स क्लव अफ कपिलवस्तु २०२२÷२३ का सचिव शान्तराज गैरेले बताएका छन् । यता जिम्मेवारी पाएका बेल्वासेले भने संस्थाले आफू प्रति गरेको विश्वासको सम्मान गरेको बताएका छन् ।




















