हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.२ ले पञ्चेबाजा समुहलाई पोशाक वितरण गरेको छ । विगतका बर्षमा वडामा पञ्चे बाजा समुह गठन गरि बाजा समेत वितरण गरेको वडाले अहिले पोशाक वितरण गरेको छ । कप्टैया पञ्चेबाजा समुह र जय शम्भु पञ्चेबाजा समुहमा आवद्ध सम्पुर्णलाई एक एक सेट नेपाली पोशाक प्रदान गरिएकोे हो ।

वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि वडाध्यक्ष बिष्णु प्रसाद पौडेल, जिल्ला समन्वय समिति सदस्य सुमित्रा दमै, वडा सदस्य कार्यपालिका सदस्य शान्ता पाण्डे, वडा सदस्य झिमलाल सापकोटा, प्रेम बहादुर रौतार, वडा सचिव नरेन्द्र पोख्रेल लगायतले पोशाक वितरण गरिएको हो ।
विभिन्न जातजाती भाषा, धर्म, संस्कृतिहरुको संरक्षण र प्रवद्र्धनका लागि वडाले विशेष प्राथमिकताका साथ कार्य गरिरहेको वडाध्यक्ष पौडेलले बताउनुभयो ।




















