रामु यादव, कपिलवस्तु
कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकामा सञ्चालित मायादेवी गाउँस्तरीय मदरसा संघद्वारा पालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखा प्रमुख लाई स्वागत तथा मदरसा विकासको बारेमा अन्तरक्रिया गरिएको छ । कार्यक्रममा पालिका संग १० बुँदे माग गरिएको थियो।

मागहरु
१. स्वयंसेवक शिक्षक नियुक्ति तथा थप शिक्षक व्यवस्था ।
२. छात्रवृत्ति, दिवाखाजा, प्रशासनिक मसलन्द,एस.आई.पी.निर्माण रकम
३. पाठ्यपुस्तक व्यवस्था ।
४. कार्यालय सहयोगी व्यवस्था ।
५. सम्पूर्ण मदरसा लाई ५ सम्मा अनुमतिपत्र ।
६. कक्षा ८ सञ्चालित मदरसा लाई थप सेवा व्यवस्था ।
७. छात्रा हरुलाई छात्रवृत्ति ।
८.थप अनुदान रकम को व्यवस्था ।
९. मदरसा सुधार अनुगमन समिति गठन ।
१०. भौतिक पूर्वाधार को व्यवस्था गर्ने भनि १० बुँदामा छलफल गरिएको थियो।
मदरसा शिक्षा लाई विशेष प्राथमिकता दिदै मदरसा शिक्षा लाई अगाडि बढाउने र १० बुँदे माग लाई अगामी दिनमा पुरा गर्ने गाउँपालिका अध्यक्षले बताउनु भयो।
कार्यक्रम मदरसा संघका सचिव रहमत अली दर्जीको सञ्चालन, गाउँ पालिका मदरसा संघका अध्यक्ष हिफजुर्रहमानको अध्यक्षता, गाउँ पालिका अध्यक्ष वलिउद्दिन मुसलमानको प्रमुख अतिथ्यता,गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमेश्वर यादव र शिक्षा शाखा प्रमुख अमिन प्रसाद कुर्मीको विशिष्ठ अतिथ्यता, शिक्षा शाखाका कार्यकारी बद्री बेल्बासेको अतिथ्यता, व्यवस्थापन समिति अध्यक्ष, शिक्षक र प्रधानाध्यापकहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।




















