हरि आचार्य, कपिलवस्तु
नेपाल स्काउट बाणगंगा नगरपालिकाको आयोजना तथा लुम्बिनी प्रदेश स्काउटको सहयोगमा लागुपदार्थ दुव्र्यशन विरुद्धको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । बाणगंगाको वडा नं. ३ मा भएको अभिमुखिकरण कार्यक्रममा लागुपदार्थ दुव्र्यशन ओसार पोसार तथा सेवन, यसका असरहरु र यसबाट बच्ने उपाहरुको बारेमा जानकारी गराईएको थियो ।
वडा स्तरीय वाल सञ्जालका वालवालिकाहरुलाई लागुपदार्थ दुव्र्यशनले समाजमा पार्ने असर र समाजलाई लागुपदार्थ दुव्र्यशन मुक्त गर्नका लागि गर्नुपर्ने प्रयासका बारेमा पनि स्पष्ट पारिएको नेपाल स्काउट बाणगंगा नगरपालिका संयोजक अंजित खनालले जानकारी दिनुभयो ।
अभिमुखिकरण कार्यक्रममा सहभागी वालवालिकाहरुले समाजलाई लागुपदार्थ दुव्र्यशन मुक्त बनाउने ऐक्यबद्धता जनाएका छन् ।
नेपाल स्काउट बाणगंगा नगरपालिका संयोजक अंजित खनालको अध्यक्षता, नेपाल स्काउट लुम्बिनी प्रदेश सदस्य सन्दीप आचार्यको प्रमुख आतिथ्यता, बाणगंगा नगर सदस्य भोजराज बन्जाडे, सबिना आचार्य लगायतको उपस्थिती रहेको कार्यक्रम लक्ष्मी चौधरीको सञ्चालनमा सम्पन्न भएको थियो ।




















