ताजा अपडेट

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सरकारलाई बोझ बन्न थाले रोल्पाका सामुदायिक विद्यालय

Lumbini Darpan 2 २०७९ असार २६, आईतवार ८:२४

लुदअ २६ असार, रोल्पा
रोल्पा नगरपालिका ७ मा रहेको जनकिरण प्राथमिक विद्यालय घापाडाँडामा आठ छात्रा र ६ छात्र गरी १४ विद्यार्थी अध्ययन गर्छन् । कक्षा तीनसम्म पढाइ हुने यो विद्यालयको कक्षा एकमा ४, कक्षा दुई र तीनमा मा पाँच पाँच जना विद्यार्थीले अध्ययन गर्छन ।

विद्यालयमा प्रावि स्थायी शिक्षक एक, निजी स्रोत शिक्षक दुई, बालविकास शिक्षक एक र विद्यालय सहयोगी एक गरी पाँच जना शिक्षक कर्मचारी कार्यरत छन् । त्यहाँ १३ बालबालिका बालविकास केन्द्रमा भर्ना भएका छन् ।

रोल्पा नगरपालिका ५ मा रहेको ज्ञानज्योती आधारभूत विद्यालय धनडाँडामा दुई छात्रा र आठ छात्र गरी १० जना विद्यार्थीले अध्ययन गर्दछन् ।

कक्षा तीनसम्म संचालित यो विद्यालयको कक्षा एकमा एक छात्र, कक्षा दुईमा तीन छात्र र कक्षा तीनमा दुई छात्रा र चार छात्रले अध्ययन गर्छन् । यो विद्यालयमा बालविकास शिक्षक, स्वयमसेवक शिक्षक र विद्यालय सहयोगी एक एक गरी तीन जना शिक्षक कर्मचारी कार्यरत छन । त्यहाँ सात बालवालिका बालविकास केन्द्रमा भर्ना भएका छन् ।

रोल्पा नगरपालिका ८ जंकोटमा रहेको बागेश्वरी आधारभूत विद्यालयमा कक्षा ५ सम्म पठनपाठन हुन्छ । यो विद्यालयमा ९ छात्रा र १० छात्रसहित १९ विद्यार्थीले अध्ययन गर्छन् । विद्यालयमा कक्षा एक मा ६, कक्षा दुईमा तीन, कक्षा तीनमा चार, कक्षा चारमा दुई र कक्षा पाँचमा चार जना विद्यार्थीले अध्ययन गर्दछन् । यो विद्यालयमा प्राथमिक तह स्थायी शिक्षक तीन, बालविकास शिक्षक एक र विद्यालय सहयोगी एक गरी पाँच जना शिक्षक कर्मचारी कार्यरत छन् । त्यहाँ १३ जना बालवालिका वालविकास केन्द्रमा भर्ना भएका छन् ।

यी त ‘शैक्षिक हब’को नारा दिएको रोल्पा नगरपालिकाभित्रका सामुदायिक विद्यालयका प्रतिनिधि विद्यालय हुन्। नौवटा माध्यमिक र ५७ आधारभूत गरी ६६ वटा सामुदायिक विद्यालय रहेको रोल्पा नगरपालिकाका अधिकांश विद्यालयमा विद्यार्थी संख्या न्यून छन् ।

विद्यालय सुधारका लागि सरकारले बर्सेनि लगानी बढाउँदै लगे पनि रोल्पाका यी विद्यालयमा भने विद्यार्थी संख्या दिनानुदिन घट्दै जाँदा सामुदायिक विद्यालयहरु सरकारका लागि बोझ हुन थालेका छन् ।

सरकारले कक्षा एक–तीनका लागि हिमालमा ३० पहाडमा ४५ र तराईमा ६० विद्यार्थी हुनुपर्ने व्यवस्था गरेको छ । यसैगरी एक(पाँच संचालनका लागि हिमालमा ५०,पहाडमा ७५ र तराईमा १०० विद्यार्थी हुनुपर्ने मापदण्ड तोकेको छ ।

तर पहाडी जिल्ला रोल्पाको रोल्पा नगरपालिकाभित्रकै विद्यालय नै सरकारको यो मापदण्ड पूरा गरेका छैनन् । एक–तीन चलेका नगरपालिका भित्रका २१ विद्यालयमध्ये १८ विद्यालयमा विद्यार्थी संख्या ४५ भन्दा कम छ । यसैगरी २० भन्दा कम विद्यार्थी संख्या हुने आधारभूत (१–३) विद्यालय संख्या १० रहेका छन् ।

कक्षा १–५ चलेका ४६ सामुदायिक विद्यालयमध्ये २७ विद्यालयमा विद्यार्थी संख्या ७५ भन्दा कम छ । यसै गरी १–५ चलेका ११ आधारभूत विद्यालयमा विद्यार्थी संख्या ४० भन्दा कम छ ।

विद्यालयको यही दुर्दशा देखेर रोल्पा नगरपालिकाले ४ वर्षअघि विद्यालय समायोजनको कार्यक्रम अघि सारे पनि यसले सफलता पाउन सकेन ।

विद्यालय समायोजनले दुर्गमका विद्यार्थी पढ्नबाट वंचित हुने भन्दै विरोध भएपछि नगरपालिका पछि हटेको थियो । त्यस यता विद्यालय समायोजन कसैको प्राथमिकतामा परेको छैन ।

विद्यालय संचालनका लागि सरकारले विभिन्न शीर्षकमा ठूलो बजेट खर्च गर्ने गर्दछ । उसले शिक्षक तलब भत्ता, बालविकास शिक्षक,विद्यालय सहयोगी,विद्यालय सहायक कर्मचारी,नगर स्वयमसेवक शिक्षक जस्ता शीर्षकमा ठूलो रकम खर्च गर्ने गर्दछ ।

यसै गरी भौतिक निर्माण शौचालय प्रवलीकरण, कार्यसम्पादन अनुदान, राष्ट्रपति शैक्षिक सुधार, कम्प्युटर अनुदान, कोभिड स्वास्थ्य सामग्री आदि शीर्षमासमेत बजेट खर्च गरेको हुन्छ ।

छात्रवृत्ति, दिवा खाजा, वुक कर्नर, निस्शुल्क पाठ्यक्रम, प्रारम्भिक पढाइ कार्यक्रम, शिक्षकको समय सुधार अनुदान शीर्षमासमेत विद्यालयमा बजेट जाने गर्दछन् ।

विद्यालय संचालन अनुदान, विद्यालय सुधार योजना, तथ्यांक बुलेटिन, इन्टरनेट, प्रति विद्यार्थी बालविकास अनुदान, कक्षा एक विद्यार्थी भर्ना अनुदान आदि अनुदानसमेत सरकारले विद्यालयहरूमा पठाएको हुन्छ ।

‘नेपाली परिवारमा जन्मदर घटेसँगै विद्यालयहरूमा विद्यार्थी संख्या घटेको देखिन्छ,’ रोल्पा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख कर्ण पुनले भने, ‘एउटै परिवारमा धेरै सन्तान जन्मदा ग्रामीण क्षेत्रका विद्यालयहरुमा पनि विद्यार्थी प्रयाप्त हुन्थे जनचेतनामा आएको बदलावले जनसंख्या नियन्त्रण हुँदा यसको प्रभाव विद्यालयहरूमा देखिन्छ ।’

विद्यार्थी संख्या जे जति भए पनि उनीहरूको पठनपाठनको व्यवस्था गर्नु राज्यको दायित्व भएको विद्यालय व्यवस्थापन समिति महासंघ रोल्पा नगरपालिका अध्यक्ष जीतबहादुर डाँगीको भनाइ छ ।

विकल्पविना विद्यालय समायोजन गर्दा धेरै विद्यार्थीले पढाइ छाड्ने सम्भावना रहेकाले उचित विकल्प दिएर यसतर्फ कदम चाल्नु पर्ने डीगी बताउँछन् ।

सामुदायिक विद्यालय छाडेर सदरमुकामका निजी विद्यालय पढ्ने मोहले पनि सामुदायिक विद्यालयहरू रित्तिन लागेको अध्यक्ष डाँगीले बताए ।

सामुदायिक विद्यालयको भौतिक सुधारका साथसाथै गुणस्तर सुधारमा पनि सरकारको ध्यान जानु पर्ने उनको सुझाव छ ।


प्रकाशित : २०७९ असार २६, आईतवार ८:२४

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

भर्खरै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech