रामु यादव
कपिलवस्तुको तिलौराकोट होटलमा यदुवंशीहरुको भेलाले यदुवंशी युवा समाज गठन गरेको छ । जसको अध्यक्षमा निरहु यादव उपाध्यक्षमा राधिका यादव, सचिव – बिन्देश्वरीलाल यादव, सहसचिव भगवानदास यादव सदस्यहरुमा सुनील कुमार यादव , जीत नारायण यादव, पावन यादव ,राम उजगिर यादव, साधिका यादव, राम सेवक यादव, जैसराम यादव , दीपक यादव रहेका छन् ।

कपिलवस्तुमा तदर्थ समितिको गठन भएको छ । यदुवंशी युवा समाजको प्रथम भेलामा बोल्दै वक्ताहरूले कार्यक्रमको उद्देश्य तथा औचित्यमाथि प्रकाश पार्दै आउने दिनहरूमा आफ्नो समाजमा रहेका विभिन्न कुरीति तथा कुसंस्कारहरूलाई हटाउँदै सभ्य तथा समुन्नत समाजको परिकल्पनाको प्रतिबद्धता व्यक्त गरेका थिए । दिपक यादव अध्यक्ष रहेको कार्यक्रममा प्रमुख अतिथि यदुवंशी युवा समाज रूपन्देहीका बरिष्ठ उपाध्यक्ष राकेश यादव र विदेश्वरी यादवको संचालनमा संम्पन्न भएको थियो ।




















