लुदअ कपिलवस्तु, असार २८
मानव अधिकार एलायन्स केन्द्रिय समितीको बैठकको निर्णय अनुसार मानव अधिकार एलायन्सको २३ औं स्थापना दिवस देशैभर एकै साथ मनाउने भएको छ । सोही अनुसार मानव अधिकार एलायन्स कपिलवस्तु शाखाले असार २९ गते २३ औं स्थापना दिवस मनाउने भएको छ ।
कार्यक्रममा मानव अधिकार एलायन्सका लेखा समितीका संयोजक पोम नारायण पौडेलले युवाका अधिकार र राज्यको दायित्वको बिषयमा कार्यपत्र प्रस्तुत गर्नुहुने छ । भने मानव अधिकार एलायन्सका केन्द्रिय सदस्य रोमकान्त घिमिरेले मानव अधिकार एलायन्सको संक्षिप्त परिचय तथा मानव अधिकारको र मौलिक हक संम्बन्धि ब्यवस्थाबारेमा कार्यपत्र प्रस्तुत गर्नुहुने मानव अधिकार एलायन्स जिल्ला शाखा कपिलवस्तुका अध्यक्ष थानेश्वर अधिकारीले जानकारी दिनु भयो ।
साथै बर्तमान परिवेसमा मानव अधिकारको अवस्था र जनताको अधिकारको प्रत्याभूतीको अवस्था के कस्तो छ भन्ने बिषयमा छलफल हुने छ । कार्यक्रममा पार्टीका प्रतिनिधी , मानव अधिकार एलायन्सका संस्थापक अध्यक्षहरु, पुर्व अध्यक्ष र बिभिन्न सरोकारवालाहरुको सहभागिता रहने छ । उक्त कार्यक्रम असार २९ गते बिहान ७ बजे सिद्धार्थ सामाजिक बिकास केन्द्रको सभाहलमा आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।




















