हरि आचार्य, कपिलवस्तु
कपिवस्तुको बाणगंगा नगरपालिकाले भुमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरुलाई डिजिटल निस्सा प्रदान गरिरहेको छ । भुमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरुको बर्षौ बर्षको समस्यालाई हल गर्ने लक्ष्यका साथ नगरपालिकाले सक्रियताका साथ डिजिटल निस्सा प्रदान गरेको हो ।
नगरपालिकाले पहिलो चरणमा असार २८ देखी वडा नम्बर ५,६ र १० मा डिजिटल निस्सा प्रदान गरिसकेको छ । त्यस्तै साउन १ देखि वडा नं. २,७ र ९ मा काम जारी छ भने साउनको ५ गते देखि बांकी रहेको वडा नं. १,३ र ४ मा डिजिटल निस्सा प्रदान गर्ने नगरपालिकाका प्रवक्ता विष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो । नापी नक्साका लागि नगरपालिकाका विभिन्न २२ स्थानमा नियन्त्रण विन्दु राखीएको समेत नगरपालिकाले जनाएको छ ।
नगरपालिकामा ६ सय १८ परिवार भुमिहिन दलित, २ हजार ९ सय ४१ परिवार भुमिहिन सुकुम्बासी र ६ हजार १ सय ७४ परिवार गरि जम्मा ९ हजार ७ सय ३३ परिवारलाई डिजिटल निस्सा प्रदान गरिने नगर प्रवक्ता पौडेलले बताउनुभयो ।




















