ताजा अपडेट

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार राष्ट्रिय सञ्जालको बार्षिक सभा सम्पन्न

Lumbini Darpan 2 २०७९ भाद्र २, बिहीबार ८:२५

लुदअ, काठमाण्डौ
काठमाडौंमा आज सेमी भर्चुअलरुपमा सम्पन्न आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार राष्ट्रिय सञ्जालको बार्षिक सभाले योगदानमा आधारित सामाजिक सुरक्षा कोष तथा सामाजिक सुरक्षा योजनामा सर्वसाधारण नागरिकको पहुँच स्थापित गर्न र मौलिक हकमा उल्लेखित आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको कार्यान्वयनका लागि नागरिक संघ संस्थाले सामुहिकरुपमा वकालत तथा पैरवी गर्नुपर्ने सुझाव सहित आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार राष्ट्रिय सञ्जालको बार्षिक सभा सम्पन्न गरेको छ ।

सभाले विद्यमान कानूनमा आर्थिकरुपमा सम्पन्न व्यक्तिका लागि अर्थात औपचारिक रोजगारीको संयन्त्रमा रहेका योगदानकर्ता वा नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोष तथा योजनामा समाहित गर्ने कानून लागु गरेको तर अनौपचारिक क्षेत्र तथा सिमान्तकृत वर्गका नागरिकहरु जो सामाजिक सुरक्षाको वास्तविक खाँचो पर्ने वर्गमा पर्दछन् उनिहरुलाई उक्त कानूनले सम्बोधन गर्न नसकेकोले त्यस्ता वर्गलाई पनि समेट्नेगरी कानून तर्जुमा गर्नका लागि सरकारको ध्यानाकर्षण गर्नुपर्नेमा जोड दिएको छ । साथै योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐनमा रहेको कानूनी विभेद तथा सामाजिक सुरक्षा योजनामा भएको विभेदका कारण गरिव र धनीविचको खाडल झनै फराकिलो हुँदै जाने भएकोले सिमान्तकृत तथा विपन्न वर्ग लक्षित कानून, नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएको छ । सभाले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा नागरिक संघ संस्थाका लागि अनिवार्य गर्नेगरी सरकारले विद्यमान कानूनमा संशोधन गर्न लागेको विषयप्रति सरकारको ध्यानाकर्षण गर्ने र नागरिक संघ संस्थामैत्री कानून तर्जुमाका लागि संयुक्तरुपमा दवाव दिने निर्णय गरेको छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजना र नागरिक संस्थाको अवस्थाका विषयमा गैरसरकारी संस्था महासंघका महासचिव अर्जुन भट्टराई, गोगो फाउण्डेशनका कार्यकारी निर्देशक केदार खडका र नेपाल मुस्लिम महिला कल्याण समाजका अध्यक्ष सिमा खान लगायतले आफ्ना धारणा राख्नु भएको थियो । त्यसैगरी आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारका सवाल तथा वकालतका क्षेत्र र नागरिक संस्थाको भूमिकाका विषयमा दिगो विकासका लागि राष्ट्रिय अभियान नेपालका कार्यकारी निर्देशक दयासागर श्रेष्ठ, जागरण मिडिया सेन्टरका अध्यक्ष तथा संबिधान सभा सदस्य कमला विश्वकर्मा, वियोण्ड बेइजिङ कमिटिका प्रतिनिधि रिता शाह, महिला पूर्नस्थापना केन्द्रका कार्यकारी निर्देशक लुभराज न्यौपाने लगाएतले धारणा राख्नुभएको थियो ।

सभामा गत एक बर्षमा सम्पन्न गतिविधिहरु प्रस्तुति गरिएको थियो । जसअन्र्तगत राष्ट्रिय सचिवालयको तर्फबाट जुरी–नेपालका कार्यकारी निर्देशक अधिवक्ता मोहनलाल आचार्य, लुम्बिनी प्रदेश सचिवालयको तर्फबाट सिद्दार्थ सामाजिक विकास केन्द्रका संरक्षक पोमनारायण पौडेल, जिल्ला सञ्जाल कपिलवस्तुको तर्फबाट इन्दे्रणी ग्रामिण विकास केन्द्रका कार्यकारी निर्देशक प्रदिप शाह, दाङ जिल्ला सञ्जालको सचिवालयको तर्फबाट सिड संस्थाका कार्यकारी निर्देशक भागीराम चौधरी र रौतहट जिल्ला सञ्जालको तर्फबाट मधेशी दलित गैरसरकारी संस्था महासंघका अध्यक्ष नरेन्द्र पासवानले प्रगति विवरण राख्नुभएको थियो ।

सभाले आर्थिक, सामाजिक तथा सास्कृतिक अधिकार राष्ट्रिय सञ्जालको सचिवालयमा १५ वटा नागरिक संस्था रहने र त्यसको संयोजन गर्ने जिम्मेवारी आगामी दुई बर्षका लागि जुरी–नेपाललाई दिने निर्णय गरेको छ । सभा सञ्ंजालका संयोजक तथा जुरी– नेपालका अध्यक्ष अधिवक्ता श्यामकुमार विश्वकर्माको अध्यक्षतामा बसेको थियो । सञ्जालमा हालसम्म देशका विभिन्न जिल्लामा क्रियाशील ३७ वटा नागरिक संघ सस्था/सञ्जाल/महासंघको प्रतिनिधित्व रहेको छ । कार्यक्रममा जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्माले स्वागत तथा कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सञ्चालन जुरी–नेपालका निमित्त कार्यकारी निर्देशक अधिवक्ता विष्णुप्रसाद पोख्रेलले गर्नुभएको थियो ।


प्रकाशित : २०७९ भाद्र २, बिहीबार ८:२५

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

देशभर एउटै ग्यास सिलिन्डर लागू गर्ने सरकारको तयारी

भर्खरै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech