हरि आचार्य, कपिलवस्तु
राष्ट्रिय लोक भजन चुट्का संरक्षण प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति कपिलवस्तुको अध्यक्षमा लेखनाथ घिमिरे चयन हुनुभएको छ । प्रतिष्ठानको प्रथम अधिवेशनमा अध्यक्षमा घिमिरे सर्वसम्मत रुपमा चयन हुनुभएको हो । अधिवेशनबाट महिला उपाध्यक्षमा तुल्सा घिमिरे, उपाध्यक्षमा बुद्धिसागर बेल्बासे, सचिवमा चिन्तामणि घिमिरे, कोषाध्यक्षमा लक्ष्मण न्यौपाने, सह–सचिवमा आशिका भट्राई, सह–कोषाध्यक्षमा रीता खनाल सर्वसम्मत रुपमा चयन हुनुभएको छ । त्यसैगरि सदस्यहरुमा देवीराम कोहार, विन्देश्वरी यादव, हसिना थारु, रामु यादव, कञ्चन खड्का, प्रतिक्षा वि.सी., आशिष पौडेल, असिम क्षेत्री, उदय पोख्रेल, बर्षा आचार्य चयन हुनुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय लोक भजन चुट्का संरक्षण प्रतिष्ठान नेपालका केन्द्रिय बरिष्ठ उपाध्यक्ष नारायण लेकालीले नयाँ कार्यसमितिलाई हार्दिक बधाई ज्ञापन गर्दै जिल्ला कार्यसमितिले राष्ट्रिय लोक भजन संरक्षणमा अहम भुमिका खेलोस् भनी शुभकामना व्यक्त गर्नुभयो । उहाँले राष्ट्रिय लोक भजन चुट्का संरक्षण प्रतिष्ठान नेपाल हरेक जातजाती, भषा, धर्म, संस्कृतिका व्यक्तिहरु पनि आवद्ध हुने संस्था भएकाले प्रतिष्ठानलाई बलियो र मजबुत बन्ने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रिय लोक भजन चुट्का संरक्षण प्रतिष्ठान नेपाल कपिलवस्तुका संयोजक थानेश्वर अधिकारीले प्रतिष्ठानका विभिन्न निती नियम, दायित्वको बारेमा स्पष्ट पार्दै नयाँ जिल्ला कार्यसमितिलाई बधाई ज्ञापन गर्नुभयो । उहाँले जिल्ला कार्यसमिति गठन प्रक्रियाको बारेमा सम्पुर्णलाई जानकारी दिंदै नयाँ कार्यसमितिले प्रतिष्ठानलाई उत्कृष्ट संस्थाको रुपमा अगाडि बढाउने अपेक्षा रहेको बताउनुभयो ।
त्यस्तै कार्यसमितिका अध्यक्ष लेखनाथ घिमिरेले अध्यक्षमा चयन गर्न सहयोग गर्नुहुने जिल्ला संयोजक, सह–संयोजक, कार्यक्रमका प्रमुख अतिथि, विशिष्ठ अतिथि लगायत सम्पुर्णमा आभार प्रकट गर्दै सबैलाई समावेश गर्दै प्रतिष्ठानलाई निश्पक्ष रुपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रतिष्ठानका अध्यक्ष थानेश्वर अधिकारीको अध्यक्षता, केन्द्रिय बरिष्ठ उपाध्यक्ष नारायण लेकालीको प्रमुख आतिथ्यता, प्रतिष्ठानका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज नारायण भुसालको विशिष्ठ आतिथ्यता, लुम्बिनी प्रदेश संयोजक काशिराम पोख्रेलको आतिथ्यता, प्रतिष्ठानका सदस्य एवम् शुभेच्छुकहरुको उपस्थिती रहेको कार्यक्रम प्रतिष्ठानका सल्लाहकार पुर्ण चन्द्र परियारको सञ्चालनमा सम्पन्न भएको हो ।




















