हरि आचार्य, कपिलवस्तु
वडावासीको माग र आवश्यकतालाई मध्यनजर गर्दै विकास निर्माणका कार्यलाई निरन्तरता दिईरहेको कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.२ ले तिज गीत प्रतियोगिता सम्पन्न गरेको छ । यो बर्षको हरितालिका तीजमा नगरमै पहिले २ नं. वडा कार्यालयद्धारा आयोजित तज गित प्रतियोगिता गब्दैया–कप्टैया टोल विकास संस्था प्रथम हुन सफल भएको छ भने राजपुर टोल विकास संस्था दोस्रो स्थान हासिल गर्न सफल भएको छ ।
यस्तै राधा कृष्ण कलौनी टोल विकास संस्था तेस्रो हुदाँ नव जागृति गोबडीहवा टोल विकास संस्था सान्त्वना भएको छ । प्रथम, द्धितीय र तृतीय स्थान हासिंल गर्ने टोल विकास संस्थालाई नगद सहित प्रमाण पत्र, सान्त्वतालाई प्रमाण पत्र र अन्य टोल विकास संस्थालाई सहभागी प्रमाण पत्र समेत प्रदान गरिएको छ ।
कार्यक्रममा ७ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको निर्णायक मण्डलको प्रमुखमा पुर्ण चन्द्र परियार रहनुभएको थियो सदस्यहरुमा थानेश्वर अधिकारी र गीता भुसाल रहनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि मेयर चक्रपाणी अर्यालले तीजमा मौलिकता क्रमश हराउँदै गएकोले यसको संरक्षणमा लाग्नुपर्नेमा जोड दिनुभएको थियो । नारीहरुको महान पर्व हरितालिका तीजमा पहिले जस्तो मौलिकता नझल्कने भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । महिलाहरुका दुःख, वेदनालाई पोख्ने चाडका रुपमा रहेको तीजमा अहिले पश्चिमी संस्कृत मौलाउँदै गएको उहाँले बताउनुभयो । नारीहरुको पर्व तीजलाई नारीहरुको सभ्यता, आर्दशसंग मिल्ने गरि सभ्य तरिकाले मनाउन मेयर अर्यालले आग्रह गर्नुभयो ।

उप–प्रमुख रिता कुमारी चौधरीले तीजमा भित्रिएको विकृतिलाई हटाउँदै जान आवश्यक रहेको बताउनुभयो । कार्यक्रमका विशिष्ठ अतिथि चौधरीले पछिल्लो समय तीजका गितहरु घर, परिवारसंग बसेर हेर्न, सुन्न नसकिने अवस्थामा पुगेको भन्दै उनले चिन्ता व्यक्त गर्नुभयो ।
त्यस्तै वडा नं.२ का वडाध्यक्ष विष्णु प्रसाद पौडेलले नारिहरुको महान पर्व तीजलाई मौलिकता झल्किने गरि मनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले वडाले परम्परागत रुपमा नारिहरुले मनाउँदै आएको पर्व तीजलाई विगतदेखि नै संरक्षण प्रदान गर्न विभिन्न कार्यक्रम गर्दै आईरहेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

वडाध्यक्ष पौडेलले भौतिक विकास निर्माणले मात्र वडा समृद्ध नहुने भन्दै सामाजिक रुपान्तरणका कार्यक्रमलाई संगै अगाडि बढाएको बताउनुभयो । उहाँले हरेक जातजाती, भाषा, धर्म, संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्नु जनप्रतिनिधिको दायित्व भएकाले त्यसमा आफु सचेत रहेको बताउनुभयो ।
कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न टोल विकास संस्था अध्यक्ष वा प्रतिनिधि, वडावासी लगायतको उपस्थिती रहेको थियो भने वडा सचिव नरेन्द्र पोख्रेलको सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।




















