हरि आचार्य, कपिलवस्तु
युगको माग र वडावासीको चाहान अनुसार विकास निर्माणका काम गर्दै आईरहेको अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं.१३ ले तिज गीत प्रतियोगिता आयोजना गर्ने भएको छ । हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अवसरमा वडा नं. १३ वडा कार्यालयले यहि भाद्र १२ गते तिज गीत प्रतियोगिता आयोजना गरेको वडाध्यक्ष दुर्गा बहादुर विसिले बताउनुभयो । महिला सम्बन्धि चेतना जगाउने र मौलि संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देृश्यले सो प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
उक्त प्रतियोगितामा सहभागिता जनाउनका लागि वडा भित्र रहेका विभिन्न क्लबव, समुह, सहकारी तथा संघ सस्था लगायत वडा भित्रका दिदिबहिनिहरुलाई समयमै आफ्नो टिम दर्ता गर्न वडाले आग्रह गरेको छ ।

प्रतियोगितामा प्रथम पुरस्कार नगद रु. ७ हजार, द्धितिय पुरस्कार नगद रु. ५ हजार, तृतिय पुरस्कार नगद रु. ३ अजार सहित सहित प्रमाण पत्र प्रदान गरीने वडाले जारी गरेको सुचनामा उल्लेख गरीएको छ । साथै प्रतियोगितामा उत्कृष्ट एकल नृत्यको लगी नगद रु. १ हजार पुरस्कारको पनि व्यवस्था गरिएको छ ।
सहभागी हुन इच्छुक वडा भित्रका सम्पुर्णसमुह लाई यहि भाद्र १२ गते विहान १० बजे सम्म टिम दर्त गराइसक्न र दर्ताको लागी कुनै शुल्क नलाग्ने पनि वडा अध्यक्ष विसिले जानकारी दिनुभएको छ।




















