
लुदअ भदौ ९, काठमाण्डौ
केन्यासँगको पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट जित्न नेपालले एक सय ३१ रनको लक्ष्य पाएको छ । नैरोबीको जिमखाना मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको केन्याले २० ओभरमा आठ विकेट गुमाएर एक सय ३० रन बनायो ।
कन्याका लागि इरफान करिमले ३४ र लुकाउ ओलाउचले १२ बलमा नटआउट ३० रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामीले तीन, सन्दीप लामिछानेले दुई तथा अदिल अन्सारी र दीपेन्द्रसिंह ऐरीले एकरएक विकेट लिए ।
नेपाल र केन्याले पाँच खेलको टी–२० र तीन खेलको एकदिवसीय क्रिकेट खेल्न लागेका हुन् ।