
लुदअ भदौ १२, काठमाण्डौ
इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले पुनरागमन जित निकालेको छ । युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डको ह्याट्रिक मद्दतमा सिटीले क्रिस्टल प्यालेसलाई ४–२ गोलले पराजित गरेको हो।
सिटी घरेलु मैदानमा २–० ले पछि परेको स्थिति उल्ट्याएर जित्न सफल भयो । उसका लागि एक गोल बर्नाडो सिल्भाले गरे । क्रिस्टल प्यालेसका लागि जोआचिम एन्डरसनले गोल गरे भने एक गोल उपहार पाएको थियो । जितसँगै सिटीको चार खेलमा १० अङ्क भएको छ । सिटी दोस्रो स्थानमा छ ।
गएराति भएका अरु खेलमा ब्रेन्टफोर्ड र एभर्टनले एकरएक गोलको बराबरी खेलेका छन् । ब्राइटनले लिड्स युनाइटेडलाई १–० गोलले हराएको छ । त्यसअघि हिजो भएको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडले साउथह्याम्पटनलाई १–० गोलले हराएको छ।