हरि आचार्य, कपिलवस्तु
जिल्ला स्तरिय खुल्ला तीजगीत प्रतियोगितको उपविजेताको उपाधी ज्ञानपुञ्ज बोर्डिङ्ग स्कुलले पाएको छ । बाणगंगा, बुद्धभूमि, कपिलवस्तु नगरपालिका र बुद्धआवाज टेलिभिजनको संयुक्त आयोजनामा सम्पन्न जिल्ला स्तरिय खुल्ला तीजगीत प्रतियोगितामा ज्ञानपुञ्ज बोर्डिङ्ग स्कुल बाणगंगा २ राजपुर द्धितीय हुन सफल भएको छ ।

आई.एस.ए.अवार्ड प्राप्त गर्न सफल उत्कृष्ट विद्यालयले उक्त प्रतियोगितामा विकास निर्माणमा स्थानीय तहले गरेका सकारात्मक कार्य, सुझाव तथा महिला हिंसा न्युनिकरण सम्बन्धी जनचेतनामुलक गीत तथा नृत्य प्रस्तुत गरेको थियो । सोहि आधारमा २० टिमलाई पछाडि पार्दै द्धितीय हुन सफल भएको विद्यालयका प्रिन्सिपल सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो । विद्यालयका अध्यक्ष पदमलाल अधिकारी, प्रवन्द निर्देशक रोमकान्त घिमिरे र प्रिन्सिपल पाण्डेले संगीत शिक्षक प्रितम सेन्चुरी, समुहमा आवद्ध विद्यार्थी, शिक्षक कर्मचारी लगायत सम्पुर्णलाई बधाई संगै शुभकामना व्यक्त गर्नुभयो ।





















